×

NMB BANK
NIC ASIA

स्थानीय सरकारले बाँड्यो कुहिएको चामल: गरीबलाई हेपेको भन्दै नगरपालिकाको गेटैमा फालियो राहत !

१० किलो भनिएका चामलका पोकामा १-१ केजी कम

चैत २८, २०७६

NTC
Premier Steels

पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकाले राहतका नाममा गरीबलाई गन्हाएको चामल दिएको भन्दै गरीब तथा विपन्न समुदायले शुक्रवार नगरपालिका अगाडि राहतको चामल फ्याँकिदिएका छन् ।

Muktinath Bank

नगरपालिकाले गरीब तथा विपन्नको तथ्यांक संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण शुरू गरेको थियो । नगर क्षेत्रमा उपलब्ध गराइएको खाद्यान्नअन्र्तगत चामल गन्हाएको भन्दै गरीब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेट अगाडि लगेर छरिदिएका हुन् । उपलब्ध गराइएको खाद्यान्नको तौल समेत भनिएको भन्दा कम रहेको उनीहरूको गुनासो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१८ वटा वडा रहेको नगरपालिकाले कुल २३ सय विपन्नलाई राहत वितरण गर्न खाद्य सामग्री खरिद गरेको छ । शुक्रबार बिहान वडा नं. ६ र ११ मा वितरण गरिएको खाद्यान्न गुणस्तरहीन भएको पाइएपछि नगरपालिकाले सबै वडामा राहत बाँड्न रोक लगाएको छ ।


Advertisment
Nabil box
Kumari

५ जनासम्मको परिवारलाई १० केजी चामल, १ केजी दाल, आधा लिटर तेल, आधा केजी सोयबिन र दुईवटा साबुन वितरण गर्ने गरी नगरपालिकाले राहत प्याकिङ्ग गरेको थियो ।

Vianet communication

२ जनासम्मको परिवारलाई ५ केजी चामल र सोही अनुसारका अन्य खाद्य सामाग्री राहत बाँड्न पठाइएको थियो ।

उपलब्ध गराइएको खाद्यान्नको तौल समेत कम छ । राहत सामाग्री वितरण स्थलमा पुगेका पत्रकारका अगाडि उनीहरूले चामलको प्याकिङ नै तौल गरेर देखाएका थिए ।

तौलका क्रममा १० केजी चामलमा १ केजी र ५ केजीमा आधा केजी चामल कम देखिएको छ । 

गुणस्तरहीन चामल र सोयबिन बाँडेपछि विपन्नहरूले आफूहरूलाई पशुले पनि खान नसक्ने अन्न ल्याएर दिएको भन्दै नगरपालिकासँग आक्रोश पोखेका छन् ।

‘यो चामल गन्हाएर खानै सकिन्न, पशुले पनि खान नमान्ने चामल हामी गरीबलाई किन दिइयो ? गरीबलाई हेप्ने गरी बाँडिएको राहतले झन चोट थपिएको छ,’ रामग्राम नगरपालिका–११ पाडाटिकरका स्थानीय ओम प्रकाश मुसहरले भने । उनले पकाएको भात देखाउँदै भने, ‘हेर्नुस् चामल पकाउँदा पिठो जस्तो छ । कसरी खाने ? गन्हाएर मुखमा लानै सकिन्न । सोयबिन भिजाँउदा पानीमा किरा तैरिन्छ ।’ 

नगरपालिकाले सोना मन्सुली भनेर पठाएको चामल मोटा रहेको त्यो पनि गन्हाएको रहेको उनले बताए । 

‘दाल राम्रो छ, चामल र सोयबिन खानलायक छैन,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x