१२ साउन २०८३, मंगलबार

बागलुङमा र्‍यापिड टेस्ट गर्दा एक महिलाको पोजेटिभ रिपोर्ट

चैत ३०, २०७६
बागलुङमा र्‍यापिड टेस्ट गर्दा एक महिलाको पोजेटिभ रिपोर्ट

बागलुङमा र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) गर्दा एक महिलाको  पोजेटिभ रिपोर्ट आएको छ। आरडीटीकाे रिपाेर्टबाट काेराेना संक्रमित भएको भनेर पुष्टि गर्न त मिल्दैन ।  पिसिआर ल्याबमा टेस्ट गरेपछि मात्र यकिन हुन्छ।

काठेखोला गाउँपालिका भएको टेस्टमा एक महिलामा पोजेटिभ नतिजा देखिएपछि सोमबार पोखरामा पिसिआरबाट टेस्ट गरेपछि कोरोना संक्रमण भए नभएको यकिन सरकारी अधिकारीहरुले बताएका छन्।

धौलागिरि अस्पतालका ल्याव टेक्निसियन सुरज बरालका अनुसार काठेखोलामा आइतबार साँझ भएको परीक्षणमा भारतको तीर्थयात्राबाट फर्केकी ती महिलामा र्‍यापिड टेस्ट गर्दा नतिजा पोजेटिभ आएको हो।


बागलुङमा यसअघि २ जना संक्रमित फेला परेका थिए।

आगामी १० वैशाखसम्म गण्डकीमा सो प्रकारको टेष्ट सक्ने लक्ष्य लिइएकोमा ५ वैशाखभित्रै सबै करिब ४ हजार जनाको टेष्ट भैसक्ने दाबी गरिएको छ। परीक्षण सुरु भएको ३ दिन अवधिमा करिब १४ सय जनाको टेस्ट भैसकेको छ।

सरकारले याे जिल्लालाई उच्च जोखिमको जिल्लाका रुपमा राखेको छ। त्यहाँ सोमबारसम्म सबै ९ सय जनाको टेस्ट गरिने कार्यक्रम छ।

salt training

कमेन्ट गर्नुहोस्