०१ साउन २०८३, शुक्रबार

चैत महिनाको घरभाडा नलिन वडाको आग्रह

बैशाख ४, २०७७
चैत महिनाको घरभाडा नलिन वडाको आग्रह

पोखरा महानगरपालिकाको एउटा वडा कार्यालयले आफ्नो वडामा डेरा भाडामा बस्दै आएकालाई घरभाडा नलिन घरधनीसँग आग्रह गरेको छ । 

पोखरा–११ को बिहीवार बसेको बैठकले कोरोना भाइरसका कारण उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै आ–आफ्नो घरकोठामा डेरा गरी बस्ने व्यक्तिलाई घरधनीले चैतको भाडा नलिन आग्रह गरेको वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले जानकारी दिए । 

‘चैतको भाडाबापत रकम मिनाहा गरी प्रत्यक्ष राहत प्रत्याभूत गरिदिन वडाबासीमा अपिल गर्दछौं,’ निर्णयमा भनिएको छ ।

वडाको निर्णयविरुद्ध वडाबासीले भने विरोधको संकेत देखाएका छन् । वडाबासी समेत रहेका फूलबारी क्लब पूर्व सचिव दामोदर बास्तोलाले भने, ‘घरधनीको भन्दा डेराभाडामा बस्नेको आम्दानी बढी छ, वडा कार्यालयको निर्णय हामीहरूलाई मान्य छैन । कि त वडाले विपन्न वर्गका मानिस छुट्याएर उनीहरूको लागि मात्र भाडा छुट गर भनेमा सकिन्छ, नत्र भाडा छुट गर्न सकिँदैन । यसरी धरधनी नै बढी मर्कामा पर्ने कुरा भयो ।’

पोखरा–११ अन्तर्गत फूलबारी, काहुँ, रानीपौवा लगायत पर्दछन् । यसअघि संघीय सरकारले पनि सम्पूर्ण घरधनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्