
कैलाश प्रसाद पाण्डेय
को हो ? के हो ? कसरी आयो ?
भन्छन् सबैतिर कोरोना छायो ।
जन्तु,जीवाणु, अणु वा परमाणु
थाहै छैन कसैलाई, जीव हो जीवाणु ।
दोष के हो ? आखिरी कस्तो रोष ?
भन्छन् मानवता हरायो, धरती शोक ।
सुर, असुर, दैत्य हो वा दानव
संहार गर्दा सबैतिर, त्राहित्राही मानव।
रोग हो ? शोक हो ? आखिरी किन आयो ?
भन्छन् मनुवाले जिवजन्तुको, प्राण सिध्यायो ।
एशिया, युरोप, अस्ट्रेलिया, वा अमेरिका
लाखौंलाख पासोमा परे बिश्व भरिका।
धर्म हो ? अधर्म हो ? आखिरी कलियुग आयो ?
भन्छ्न सबैतिर कोरोना छायो ।
जीव, जन्तु, बनस्पति, र मानव
मिलेर नबस्दा कोरोना कारण ।
बालकोट, भक्तपुर