२८ असार २०८३, आइतबार

गजल

बैशाख ७, २०७७
गजल

निर्दोष एन पि 

माटो र ढुङ्गा मात्रै भेटिएपछी राहतमा

भोकले रोएर उजुरी दियो अदालतमा 

छोरो हराए पछि बेवारिसे लास भेटियो,

बा'लाई जान सम्म दिएनन् सनाखतमा 

गरिब प्रजाका अगाडी राजा पनि त मरे,

हुदैन रहेछ सबकुछ पैसामा न ताकतमा 

बोतलहरूले यी ओठहरू चुम्न छाडे देखी,

लागेको छ छटपटिने पुर्णबिराम आदतमा

करोडौंको धरौटी  उ  दिन तयार थियो,

रोगले कहाँ जान दिन्छ यसरी जमानतमा 

कैलाली 

salt training

कमेन्ट गर्नुहोस्