०७ साउन २०८३, बिहीबार

अतिआवश्यक सामग्रीका विषयमा लिखित जवाफ माग

अतिआवश्यक सामग्रीका विषयमा लिखित जवाफ माग

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउनको अवस्थामा अतिआवश्यक वस्तुको आपूर्तिको व्यवस्थापनका विषयमा सर्वोच्च अदालतले लिखिल जवाफ माग्ने आदेश जारी गरेको छ।

न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले मंगलबार औषधि, पानी, खाद्यान्न सामग्रीको आपूर्ति व्यवस्थापनका विषयमा लिखित जवाफ माग गरेको हो। अधिवक्ता शैलेन्द्रप्रसाद हरिचनलगायतले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा  लकडाउनका बेलामा अतिआवश्यक सामग्री र जनताप्रति मानवीय व्यवहार गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए।

अदालतले यसअघिका अन्य आदेशका विषयमा यही वैशाख ११ गते महान्यायाधीवक्ता नै अदालतमा उपस्थित हुने भएकाले उक्त दिन छलफलका लागि दुवै पक्षलाई बोलाउने तय भएको छ। 

salt training

कमेन्ट गर्नुहोस्