पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
राहत वितरणमा राजनीतिक पूर्वाग्रह भएको भन्दै नेपाली कांग्रेस कास्कीले आपत्ति जनाएको छ ।
पोखरामा बुधवार जिल्ला सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले एकद्वार प्रणाली नाममा राज्यद्वारा गरिएको राहतको विभेदकारी वितरणप्रति गम्भीर ध्यानाकर्षण भएको ठहर गर्दै सो कार्यको निन्दा गरिएको प्रवक्ता नवीन सिग्देलले बताए ।
लक्षित वर्गसम्म यथोचित पुग्न नसकेको राहत वितरणको प्रभावकारी अनुगमन आवश्यक देखिएको जनाइएको छ । राहत वितरणमा समेत राजनीतिक पूर्वाग्रह देखाएर पक्षपातपूर्ण व्यवहार गरिएको घटनाले परिस्थितिलाई झन् जटिल बनाउँदै लगेको हुँदा दल र नागरिक समाजको सहभागितामा वितरण अघि बढाउन सम्वन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।
बैठकले जननिर्वाचित प्रदेशसभा सदस्य विन्दुकुमार थापाले पोखरा महानगरपालिका–२१ लगायतका वडामा राज्यको राहतबाट वञ्चित विपन्न नागरिकलाई राहत वितरण गर्दा स्थानीय जनप्रतिनिधि र प्रशासनले गरेको अवरोधप्रति खेद प्रकट गरेको छ ।
थापा जननिर्वाचित प्रतिनिधि मात्र नभई संस्थागत राहत वितरण गर्दा उल्टै कारवाहीको माग गर्नु आपत्तिजनक र निन्दनीय भएको बैठकपछि सिग्देलले बताए ।
बैठकले कोरोना रोकथाम र नियन्त्रणसँगै अन्य र दीर्घरोगीको उपचारमा समेत ध्यान दिन आवश्यक रहेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले नेपाली कांग्रेस कास्की मातहतका सबै तहका पार्टी संरचनालाई नागरिकको दैनिक जीवनका समस्यासँग एकाकार भई समाधानका लागि क्रियाशील रहन अपिल गरेको छ ।
बैठकमा जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति, जिल्लाका प्रदेशसभा सदस्यको उपस्थिति थियो ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...