
सानिमा बैंकले कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण तथा उपचारका लागि सरकारलाई १ करोड ६८ लाख सहयोग उपलब्ध गराएको छ। जसअन्तर्गत बैंकका कर्मचारीको तर्फबाट ३३ लाख प्रदान गरिएको बैंकका निक्षेप व्यवस्थापन युनिट प्रमुख विमल बास्तोलाले बिहीबार विज्ञप्ति मार्फत जनाएका छन्।
संघ सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा ९८ लाख र प्रत्येक प्रदेश सरकारलाई १० लाखका दरले ७० लाख सहयोग रकम उपलब्ध गराइएको बैंकले जनाएको छ।
‘बैंकका हरेक प्रादेशिक कार्यालयका प्रतिनिधि मार्फत् आआफ्ना प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण तथा संघ सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो । यसबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।