×

NMB BANK
NIC ASIA

अछाममा कोरोना आशंका गरिएकी महिलाको आईसोलेसनमै मृत्यु, रिपोर्ट अझै आएन

बैशाख १८, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

कोरोना भाइरसको आशंकामा जिल्ला अस्पताल अछामको आइसोलेसनमा राखिएकी एक महिलाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय अछामको क्षय, कुष्ठरोग अधिकृत देवदत्त जोशीका अनुसार जिल्लाको मंगलसेन नगरपालिका ५ की ५१ वर्षीया देवु सार्कीको मृत्यु भएको हो।

Muktinath Bank

तीन दिनअघि उनलाई उच्च ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको थियो। ज्वरो बाहेक कुनै समस्या नरहेकी सार्कीको बिहीबार बिहान ज्यान गएको हो। काेराेना नियन्त्रणका सम्पर्क व्यक्ति समेत रहेका जोशीका अनुसार सार्कीको आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थिएन।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर बिहीबार बिहान मृत्यु भएपछि उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि मोटरसाइकलबाट सुर्खेत पठाईएको जोशीले जानकारी दिए। अझैसम्म रिपोर्ट नआएको उनले बताए।


Advertisment
Nabil box
Kumari

केही साताअघि मृतक सार्कीका छोरा भारतबाट फर्किएका थिए। तर उनको परिक्षण अझैसम्म नभएको पाइएको छ। यसैबीच उनको शव आफन्तलाई हस्तान्तरण गरिएको छ।

Vianet communication
Laxmi Bank

शंकास्पद मान्छेको पीसीआर परिक्षण रिपोर्टसहितको पूर्ण रिपार्ट आउन बाँकी रहेपनि उनको शव आफन्तलाई हस्तान्तरण गरिएको हो। आरडीटी रिपोर्ट नेगेटिभ आएकोले अस्पतालले मृतकको शव आफन्तलाई दिएको हुन सक्ने जोशीले बताए।

तर भाइरोलोजिस्टले आशंकाको घेरामा रहेको व्यक्तिको रिपार्ट पोजिटिभ आएको खण्डमा जोखिम रहने बताउँछन्। भाइरोलोजिस्ट डा. श्रवण कुमार मिश्रले ज्वरो आएकै कारण मृत्यु हुनु कोभिड नै भन्न नसकिने बताउँदै अरु कारणले पनि हुने सक्ने जनाए। तर उनको रिपोर्ट पोजेटिभ आएको अवस्थामा उनको सम्पर्कमा रहेका सबै व्यक्तिलाई परिक्षणको दायरामा ल्याउनुपर्ने भाइरोलोजिस्ट मिश्रको भनाइ छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x