१२ साउन २०८३, मंगलबार

अछाममा कोरोना आशंका गरिएकी महिलाको आईसोलेसनमै मृत्यु, रिपोर्ट अझै आएन

बैशाख १८, २०७७
अछाममा कोरोना आशंका गरिएकी महिलाको आईसोलेसनमै मृत्यु, रिपोर्ट अझै आएन
प्रतिकार्यात्मक तस्वीर।

कोरोना भाइरसको आशंकामा जिल्ला अस्पताल अछामको आइसोलेसनमा राखिएकी एक महिलाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय अछामको क्षय, कुष्ठरोग अधिकृत देवदत्त जोशीका अनुसार जिल्लाको मंगलसेन नगरपालिका ५ की ५१ वर्षीया देवु सार्कीको मृत्यु भएको हो।

तीन दिनअघि उनलाई उच्च ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको थियो। ज्वरो बाहेक कुनै समस्या नरहेकी सार्कीको बिहीबार बिहान ज्यान गएको हो। काेराेना नियन्त्रणका सम्पर्क व्यक्ति समेत रहेका जोशीका अनुसार सार्कीको आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थिएन।

तर बिहीबार बिहान मृत्यु भएपछि उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि मोटरसाइकलबाट सुर्खेत पठाईएको जोशीले जानकारी दिए। अझैसम्म रिपोर्ट नआएको उनले बताए।

केही साताअघि मृतक सार्कीका छोरा भारतबाट फर्किएका थिए। तर उनको परिक्षण अझैसम्म नभएको पाइएको छ। यसैबीच उनको शव आफन्तलाई हस्तान्तरण गरिएको छ।

शंकास्पद मान्छेको पीसीआर परिक्षण रिपोर्टसहितको पूर्ण रिपार्ट आउन बाँकी रहेपनि उनको शव आफन्तलाई हस्तान्तरण गरिएको हो। आरडीटी रिपोर्ट नेगेटिभ आएकोले अस्पतालले मृतकको शव आफन्तलाई दिएको हुन सक्ने जोशीले बताए।

तर भाइरोलोजिस्टले आशंकाको घेरामा रहेको व्यक्तिको रिपार्ट पोजिटिभ आएको खण्डमा जोखिम रहने बताउँछन्। भाइरोलोजिस्ट डा. श्रवण कुमार मिश्रले ज्वरो आएकै कारण मृत्यु हुनु कोभिड नै भन्न नसकिने बताउँदै अरु कारणले पनि हुने सक्ने जनाए। तर उनको रिपोर्ट पोजेटिभ आएको अवस्थामा उनको सम्पर्कमा रहेका सबै व्यक्तिलाई परिक्षणको दायरामा ल्याउनुपर्ने भाइरोलोजिस्ट मिश्रको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्