माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
बैशाख २२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको संकट टरेको केही दिन नपुग्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानन्त्रीसमक्ष कडा शर्त राखेर निर्णय कार्यान्वयनमा दबाब दिने रणनीति अख्तियार गरेका छन् ।
ती शर्त नमाने राजीनामाको माग पुनः चर्काउने निष्कर्षमा उनीहरू पुगेका छन् । प्रचण्ड र नेपालबीच पार्टीको महाधिवेशनसम्म सहकार्य गरेर अगाडि बढ्ने सहमति समेत भएको छ ।
नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा सोमवार बिहान भएको भेटमा प्रचण्ड, नेपाल, झलनाथ खनाल र श्रेष्ठ स्वयं सहभागी थिए । चार नेता सम्मिलित बैठकले हिजो माधव नेपाल निवास कोटेश्वरमा सम्पन्न भेलाले गरेको सहमतिअनुसार अगाडि बढ्ने निष्कर्ष निकालेको छ ।
चार नेताको भेटबारे जानकार एक स्थायी कमिटी सदस्यका अनुसार उनीहरूबीच पार्टीमा ‘एक व्यक्ति एक पद’लाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्ने, शनिवारको बैठकको सहमतिको विश्वासनीयता कायम गर्न प्रधानमन्त्रीले आफ्नो सचिवालयमा रहेका व्यक्तिहरूलाई हटाउने र चारै नेताले सिफारिश गरेका एक/एक व्यक्ति प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ ।
के–के विषयमा कस्ता सहमति भए ?
स्रोतका अनुसार नेपाल, दाहाल, खनाल र श्रेष्ठले प्रदेश १ र प्रदेश ३ का मुख्यमन्त्री हटाउन प्रधानमन्त्रीलाई दबाब दिने भएका छन् । ती प्रदेशका बहालवाला मुख्यमन्त्रीलाई हटाएपछि प्रदेश १ मा भीम आचार्य र प्रदेश ३ मा अष्टलक्ष्मी शाक्यलाई नियुक्त गर्न दबाब दिने सहमति बनेको छ ।
‘प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई रहिरहन दिने तर उनीहरूलाई सम्बन्धित प्रदेशको पार्टी इञ्चार्जबाट हटाउन दबाब दिने सहमति बनेको छ,’ स्रोतले लोकान्तरलाई जानकारी दियो ।
त्यसैगरी ओली नेतृत्वको अहिलेको मन्त्रिपरिषद्का सदस्य फेर्न लगाउने र दाहाल–श्रेष्ठ, नेपाल –खनाल तथा ओलीको भागमा एक–एक हिताइ हिस्सा पर्नेगरि मन्त्रिपरिषद् पुनर्गठन गर्न दबाब दिने सहमति बनेको ती नेताको दाबी छ ।
सोमवार श्रेष्ठ निवासमा भएको भेलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुनैपनि हालतमा पूर्वसचिव प्रेमकुमार राईलाई नियुक्त गर्न नदिने सहमति समेत बनाएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार अब हुने राजदूत, संवैधानिक निकाय र अन्य महत्त्वपूर्ण नियुसक्तिहरूमा अध्यक्षद्वयले पहिला छलफल गर्ने, त्यसपछि सचिवालयबाट अनुमोदन गराउने र ओली, नेपाल र दाहाल पक्षको समान हैसियत हुने गरि नियुक्ति गर्न दबाब दिने सहमति समेत बनेको छ ।
श्रेष्ठ निवासमा भएको चार नेताको भेलाले नेकपा उपाध्यक्ष वामदेव गौतमले धोका दिएका कारण प्रधानमन्त्री ओलीको राजीनामा टरेको निष्कर्ष समेत निकालेको छ ।
‘भेलाले गौतमलाई ओलीको क्याम्पमा उभ्याउन पार्टी महासचिव विष्णु पौडेलले निर्णायक भूमिका खेलेको निष्कर्ष समेत निकालेको छ,’ स्रोतले लोकान्तरसँग भन्यो ।
पार्टीको निर्देशन कार्यान्वयन नगरे स्थायी कमिटी र केन्द्रीय कमिटीमा बहुमत भएकाले पुनः प्रधानमन्त्रीको राजीनामा माग गर्ने निष्कर्षमा समेत नेताहरू पुगेको स्रोतको दाबी छ । बैठकमा अध्यक्ष प्रचण्डले सचिवालय बैठकअघि ओलीसँग भएको गोप्य वार्ताबारे समेत जानकारी गराएका थिए ।
विश्वस्त स्रोतका अनुसार सोमवारको भेलाले आफूहरूसँग बहुमत हुँदाहुँदै ‘हटिसकेको प्रधानमन्त्रीलाई सरकारमा कायम राख्ने कार्यमा सहयोग पुर्याएको र आफूहरूलाई धोका दिएको’ भन्दै वामदेव गौतमलाई समूहबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
शनिवारको सचिवालय बैठकपछि केपी ओलीलाई सरकारबाट हटाउन निर्माण भएको ६ सदस्यीय गठबन्धन विघटन हुन पुगेको थियो ।
कोटेश्वर भेलाले गत बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग परामर्श नगरी बैठकको बीचैमा आफूले प्रधानमन्त्री पद परित्याग गर्ने र त्यसको विकल्पमा उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्ताव योजनाबद्ध रूपमा आएको निष्कर्ष समेत निकालेको थियो ।
शनिवारको सचिवालय बैठकको सहमति पनि त्यसको निरन्तरता भएको सोमवारको बैठकले निष्कर्ष निकालेको छ ।
नारायणकाजी निवासमा भएको बैठकले वामदेव ओलीसँग मिल्न गएको निष्कर्ष निकाल्दै अब उप्रान्त उनलाई विश्वास गर्न नसकिने ठहर गरेको स्रोतले दाबी गर्यो । आइतवार खुमलटारमा बसेको प्रचण्डपक्षीय नेताहरूको भेलाले भने शनिवार बसेको बैठकले ओलीले आत्मआलोचना गर्ने स्थिति सिर्जना हुनुलगायत ५ वटा उपलब्धि भएको निष्कर्ष निकालेको थियो ।
प्रचण्ड–नेपाल समूहको सोमवार श्रेष्ठ निवासमा भएको भेलाले आगामी महाधिवेशनसम्म एकता कायम राख्न जनताको जनवादलाई वैचारिक एकताको आधारमा विकास गर्ने, जनताको बहुदलीय जनवादको औचित्य समाप्त भएको भन्ने विषयमा लेख अन्तर्वार्ता प्रसारित गर्ने लगायतका निष्कर्ष निकालेको स्रोतको दाबी छ ।
२५ गते बस्ने स्थायी कमिटीको बैठकको तयारीस्वरूप प्रचण्ड र नेपालबीच दैनिकजसो भेटवार्ता भएको छ ।
विकसित घटनाक्रमको समीक्षा र पार्टीमा देखिएको समस्याबारे छलफल गर्न २५ गते नेकपा स्थायी कमिटी बैठक बस्दैछ ।
त्यसअघि २४ गते नेकपा सचिवालय बैठक बस्ने तय भएको छ ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...