०५ साउन २०८३, मंगलबार

नारायणी अस्पतालमा  पीसीआर मेशिनबाट स्वाबको परीक्षण

बैशाख २४, २०७७
नारायणी अस्पतालमा  पीसीआर मेशिनबाट स्वाबको परीक्षण
प्रतिकार्यात्मक तस्वीर।

प्रदेश २ को वीरगञ्जस्थित नारायणी अस्पतालमा जडान गरिएका रियल टाइम (पीसीआर) मेशिनबाट स्वाबको नमूनाको परीक्षण  शुरु भएको छ । यस मेशिनबाट तत्काल प्रतिदिन दुई चरणमा ७२ वटा स्वाबको नमूना परीक्षण गरिने छ। 

प्राविधिक जनशक्ति व्यवस्थापन सहज भएपछि प्रतिदिन तीन चरणमा स्वाबको परीक्षण गर्न सकिने छ । मेशिनबाट एक चरणमा ३६ वटा स्वाबको नमूना परीक्षण गर्ने क्षमता रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराए।
 
सरकारले कोरोना भाइरस रोकथाम र उपचारका लागि प्रदेश ्२ को सरकारलाई मङ्गलबार विभिन्न प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । स्वाब सङ्कलनमा प्रयोग गरिने भाइरल ट्रान्सपोट मिडियम (भिटिएम) एक हजार थान, पिसिआर कुलसेट १०० थान, आरडिटी कीट १०० थान, शरीरको तापक्रम नाप्ने थर्मल मेशिन १०० थान र स्वास्थ्य सचेतनामूलक सामग्री सात हजार थान उपलब्ध भएको सचिव डा घिमिरेले जानकारी दिए। ती सचेतनामूलक सामग्री स्वास्थ्य संस्था र समुदायमा वितरण भइरहेको छ । 

नेपाल सरकारले यस प्रदेशलाई कोरोनाको ‘उच्च जोखिम’ क्षेत्र घोषणा गरेको छ। सो कारणले हतोत्साहित र त्रसित हुने आवश्यकता नरहेको तर थप सतर्कता र सावधानी अपनाउनुपर्ने जरुरी रहेको छ। यस प्रदेशको सिमाना भारतसँग जोडिएको छ। खुला सिमानाका कारण लुकीछिपी भारतबाट आवतजावत हुने सम्भावनालाई  नकार्न नसकिने अवस्था रहेकोतर्फ उनले सचेत गराए। 

salt training

कमेन्ट गर्नुहोस्