×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा कोरोना परीक्षण किटको चरम अभाव, शंकास्पदको नमूना संकलन प्रभावित

बैशाख २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षण किटको चरम अभाव भएको छ ।

Muktinath Bank

सरकारले समयमै आपूर्ति गर्न नसक्दा किटको चरम अभाव सिर्जना भएको हो । पीसीआर किटसँगै आरडीटीको समेत अभाव भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किटको अभाव भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि निको भएर घर फर्केका बिरामीको पुनः परीक्षण समेत गर्न सकिएको छैन । काठमाडौं र वीरगञ्जमा निको भएका संक्रमितको पुनः परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’ देखिएको अवस्थामा धनगढीमा निको भएका संक्रमितको पुनः परीक्षण हुन सकेको छैन । सेती प्रादेशिक अस्पतालमा रहेका ५ जना कोरोनाका बिरामीमध्ये हालसम्म ४ जना उपचारपछि घर फर्केका छन् ।


Advertisment
Nabil box
Kumari

सुदूरपश्चिमका विभिन्न जिल्लामा क्वारेन्टाइनमा राखिएका व्यक्तिको समेत कोरोना परीक्षण रोकिएको छ । संक्रमितको लगातार २ पटक कोरोना रिपोर्ट नेगेटिभ आएपछि १ हप्तासम्म होम क्वारेन्टाईनमा बस्नुपर्ने र ७ देखि १० दिनको अवधिमा पुनः परीक्षण गर्नुपर्ने मापदण्ड भएपनि पुनः परीक्षण हुन नसकेको हो ।

Vianet communication
Laxmi Bank

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले सुदूरपश्चिममा मात्रै नभई देशभर किटको अभाव भएको बताए । आपूर्तिको लागि पहल जारी रहेको बताउँदै उनले केहीदिनमै आपूर्ति सहज हुने उनको भनाइ छ ।

नेपालमा आरडीटीबाट प्रारम्भिक परीण गरिँदै आएको छ भने कोरोना भए/नभएको यकिन गर्न पीसीआर मशिनबाट परीक्षण हुँदै आएको छ । मोलेकुलर माइक्रोबायोलोजिस्ट सुनिल लेखकका अनुसार पीसीआर अन्तर्गत पीसीआर किट र आरएनए एक्पेक्सन किट प्रयोग हुँदै आएको छ । पीसीआर किटको उपलब्धता भएपनि एक्पेक्सन किटको अभाव भएपछि परीक्षण कार्य प्रभावित भएको छ ।

परीक्षण कार्य प्रभावित भएपछि कोरोनाको आंशकामा आइसोलेसन र क्वारेन्टाइनमा राखिएकाहरू अप्ठ्यारोमा परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–७ का वडाध्यक्ष हरिराम चौधरीले कोरोना संक्रमण भएका व्यक्ति उपचारपछि घर फर्केका तर उनीसँगै क्वारेन्टाइनमा बसेका अन्य व्यक्तिको परीक्षण नहुँदा जोखिम बढेको बताए ।

सो नगरपालिकाको वडा नम्बर ७ र ९ को लागि सरस्वती मावि प्रतापुरको क्वारेन्टाइनमा हालसम्म १०० बढीलाई राखिएको थियो तर अझैसम्म २३ जनाको १५ दिन बितेपनि कुनै पनि परीक्षण हुन नसक्दा न त उनीहरूलाई घर पठाउन सकिएको, न त कुनै उपचार दिन सकेको वडाध्यक्ष चौधरीले दुःखेसो सुनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x