२१ असार २०८३, आइतबार

दौडिएर फेवामा हाम फाले युवक

बैशाख २६, २०७७
दौडिएर फेवामा हाम फाले युवक

फेवातालमा हाम फालेर एक युवकले ज्यान गुमाएका छन् । एक्कासी ५० मिटर जति दौडिएर बाई बाई भन्दै उनले पानीमा हाम फालेका हुन् ।

केही समय पौडिएपछि पानीभित्र हेलिएका उनलाई सशस्त्र प्रहरीले खोजी सुरु गरेको थियो । यद्यपि ४० मिनेटपछि मात्र उद्धार भएपनि उनको ज्यान गइसकेको थियो ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक यादव ढकालले प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै दिउँसो २ बजेर २० मिनेटमा ताल किनारको फुट ट्रयाकमा दौडिएर क्याम्पिङचोक नजिकबाट बाई बाई भन्दै हाम फालेको बताए ।

पानीमा हाम फाल्नुअघि उनले आफूले लगाएको सबै कपडा खोलेर नाङ्गै भएका थिए । करीब ३० वर्षका देखिने नेपाली ती युवकको पहिचान हुन सकेको छैन । शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको ढकालले जानकारी दिए ।

नजिकै रहेका डुंगा चालकले ती युवकलाई पौडिदाको बखत फर्क फर्क भने पनि अटेर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्