रुपन्देहीका पहिलो कोरोना संक्रमित युवालाई डिस्चार्जको तयारी गरिएको छ ।
गएको शुक्रवार र सोमबारको रिर्पोट नेगेटिभ आएपछि उनलाई आजै डिस्चार्ज गरिने बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।
उनलाई कोरोना देखिएपछि वैशाख १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उनी गएको वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
ती युवा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्ष युवा हुन । उनलाई कोरोनाको कुनै लक्षण देखिएको थिएन ।
रुपन्देहीमा अहिलेसम्म १७ जनामा कोरोना संक्रमित छन । अस्पतालमा रुपन्देही र कपिलवस्तुका २२ जनाको आइसोलेनसमा राखेर उपचार भइरहेको छ । अस्पतालमा एक्लै भएपनि उनी नृत्य गरेको भिडियो समेत भाइरल बनेको थियो ।
पढ्नुहोस् यो पनि - अस्पतालमा घन्किएको गीतमा नाच्छन् बुटवलका कोरोना संक्रमित ! [भिडियोसहित]