०५ साउन २०८३, मंगलबार

नुवाकोटका पत्रकारको कोरोना बीमा

जेठ ४, २०७७
नुवाकोटका पत्रकारको कोरोना बीमा
प्रतिकार्यात्मक तस्वीर।

कोभिड–१९ को सङ्क्रमणको जोखिममा काम गरिरहेका जिल्लाका ९५ जना पत्रकारको सामूहिक कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले विदुर नगरपालिका र रुडेक नेपालको आर्थिक सहयोगमा प्रतिपत्रकार एक लाखको कोरोना बीमा गराएको हो। 

पत्रकार महासङ्घ नुवाकोटमा सदस्य रहेका तथा जिल्ला क्रियाशील पत्रकारहरुको बीमा गराइएको महासङ्घका जिल्ला अध्यक्ष कपिलदेव खनालले बताए। अध्यक्ष खनालका अनुसार कोरोना बीमाका लागि विदुर नगरपालिकाले ७० र रुडेक नेपाल नामक गैरसरकारी संस्थाले २५ जनाको बीमा शुल्क तिर्न आर्थिक सहयोग गरेको छ।

कोरोना बीमाका लागि प्रतिव्यक्ति ६०० तिरिएको छ। बीमाअनुसार कुनै पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएमा बीमा कम्पनी सिद्धार्थ इन्सुरेन्सले  एक लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने महासङ्घले जनाएको छ। 

बीमा कार्यक्रम घोषणा कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जोखिमको बेलामा पत्रकारहरु निरन्तर खटिरहनुपर्ने भएकाले सुरक्षाको प्रत्याभूति दिन सहकार्य गरेको बताए। स्थानीय सरकार सबै पेशा, नागरिकको सुरक्षा गर्न र सहकार्य गर्न तत्पर रहिरहेको र त्यसको उदाहरणका रुपमा पत्रकार महासङ्घसँगको बीमा सहकार्य कार्यक्रम रहेको प्रमुख पण्डितले बताए। रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले संस्थागत रुपमा यसरी भएको बीमा कार्यक्रमले आफूलाई उत्साहित गराएकाले आर्थिक सहयोग गरेको बताए।

salt training

कमेन्ट गर्नुहोस्