२८ असार २०८३, आइतबार

कोरोना आघात (कविता)

जेठ ७, २०७७
कोरोना आघात (कविता)

प्रकाशचन्द्र अधिकारी

ठुला अदृश्य पखेटाहरु फिजाएर

क्वप्प मान्छे खान बसेको छ चोकमा,

र मनुष्य चौबाटोमा भेटे 

दिल खोलेर शरिर्को  भित्र गइ ब्वासोले झै लुछ्ने,

बिस्तारै शिथिल बनाएउने,

 अनि अस्पतालका शैय्यामा पुर्याउने,

र सके प्राण लिने

गर्छ कोरोना राक्षसले ।

 छतबाट तल सबैतिर अन्धकारले छोपेको छ,

मान्छे खेल्न सक्दैन तरबारको लडाइ कोरोनासङ ,

झुकेरै बस्छ कोठिमा कोचिएर,

भोकोपेट्लाइ हातले थिचेर,

एक्लै झोक्राएर,

उ सोचिरहन्छ, बर्बराउछ कोरोना बर्बरता सम्झेर, 

र भन्छ कस्तो उदेक लाग्दो समय आयो?

मान्छे सङ मान्छे डराउनु पेर्ने भयो!

एक मनुस्य आगनमा निस्केर अबलोकन गर्छ,

मानव निर्मित ओढारले टाढा देख्न सक्दैन,

सारा सहर चकमन्न छ, 

मानव सभ्यता सखाप भएजस्तो,

बाटा, गल्ली र बरन्डाहरु खाली छन,

चिया पिउन जाने क्याफे ईतिहास बनेको छ,

अग्ला भवनमा प्रतिध्वनीत आवज सङ डर लाग्छ,

उ डराउछ,

घोत्लिन्छ, 

अनि फेरि ब्युझन्छ, 

र सोच्छ यो के भइरहेको छ?

आज मानिसले मानिसलाइ किन भेट्न नहुने?

फेरि भेदयुक्त सामजिक दुरिको  किन गर्न पर्ने?

दिलखोलेर साथीसङ कैले हास्ने?

कैले हात फिजाएर गर्ल्याम्मा अङालो मार्न पाउने?

महामारी क्या पिडादायक?

बरु फुस्सै लानुनी

समाचारले पनि त्रास मात्र ल्याउछ,

सामाजिक सन्जाल्ले छटपटी ब्यथा मात्र देखाउछ , 

घाटीमा सासै रोकिन्छ,

बुढाबुढिहरुको आर्तनाद मृत्युले।

हिजो वादविवादमा गहकिला तर्क राखेका,

सहरी जीवन उत्कृष्ट जीवनमा प्रथम भएका,

मन्त्रीको हातबाट पुरस्कार र सम्मान पाएका,

भाइ आज सहर छोडी गाउँ गएका छन,

शहरको भिडभाडसग डराएर ।

यसरी प्रथमहुने धेरै भाइहरुको कोठामा ताल्चा छ, 

कुनै गगनचुम्भी भबन मुस्कुराएको छैन, 

मनहरुलाइ सुर्यकिरणले उज्यालो दिन सकेको छैन,

मानिस त्यति सानो जिबाणुसग पराजित झै भा'छ,

खोइ मानिसको तर्क र ज्ञानले काम गरेको?

खोइ प्रयोगशाला प्रयोगमा आएको?

किन सरकार झिनो परजीवी सङ डराएको?

के भयो वैग्यानिकहरुलाइ? 

किन मानिस आफ्नै लासलाइ मात्र पुग्ने कोठिमा बस्न विवस?

र बोध गर्छ मानिस, 

ज्ञानको नजरमा पुजी निम्छरो, 

घमन्ड -अहंकार त झन थेत्तरो,

प्रकृति सामु मानिस निरीह छ,

तरपनी कम्जोर इन्दृयले चुनौती गर्न खोज्छ,

धनी- गरिब, 

जाती-जातीवाद, 

बर्ग- बर्गिया खाडल,

मानिसले बनायो,

भत्काउन र पुनर्संरचना गर्न सक्छ,

तर कोरोना राक्षस कस्ले बनाएयो? 

र पनि यसले सबैलाइ एउटै ब्यबहार गर्छ,

पौठेजोरी खेल्न गए जो कसैलाइ टपक्कै लान्छ।

salt training

कमेन्ट गर्नुहोस्