०६ साउन २०८३, बुधबार

वार कलेजमा सेनाको हाइयर कमाण्ड तालिम

वार कलेजमा सेनाको हाइयर कमाण्ड तालिम

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सेनाको हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ। 

२५ जना महासेनानी दर्जाका शिक्षार्थीको सहभागिता रहेको तालिमको आइतबार रथी शरदकुमार गिरीले शुभारम्भ गरे। 

गिरीले हालको जटिल अपरेशनल वातावरणमा समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्व उत्पादनमा यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।

  

salt training

कमेन्ट गर्नुहोस्