२० असार २०८३, शनिबार

बन्दाबन्दीमा बालबालिकाहरू आफैं पढ्दै र पढाउँदै !

जेठ १५, २०७७
बन्दाबन्दीमा बालबालिकाहरू आफैं पढ्दै र पढाउँदै !
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस संक्रमणका कारण भएको बन्दाबन्दीले शैक्षिक संस्था बन्द हुँदा पाल्पा रामपुरका गाउँका बालबालिका आफैं सिक्ने र सिकाउने गर्न थालेका छन् ।

नर्सरीदेखि ६ कक्षासम्मका बालबालिका दैनिक जम्मा भएर पढ्ने र पढाउने कार्य गरिरहेका छन् । 

माथिल्ला कक्षामा पढ्ने विद्यार्थी साना कक्षाका भाइबहिनीलाई पढाउने र आफू पनि साथमै बसेर पढ्ने गरेका छन् । 

टोलमा रहेको चेतनशील आमा समूहको भवनमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नियमित पठनपाठन भइरहेको छ । टोलका १८  बालबालिका दैनिक खाना खाएर झोला बोकेर भवनमा गई पढ्ने गर्छन् ।

विद्यालय जान नपाएपछि खेल खेलेर समय बिताउनुभन्दा टोलका भाइबहिनीलाई जम्मा गरेर पढ्ने र पढाउने कार्यमा लागेको सीताराम मावि कक्षा ६ की छात्रा कृष्टिना शाहीले बताइन् ।

आफूले टोलका माथिल्लो कक्षा उत्तीर्ण दाजुदिदीका पुराना किताब ल्याएर पढिरहेको कालिका आधारभूत विद्यालय कक्षा ४ की छात्रा मनकला वीरकट्टा बताउँछिन् । बालबालिका आफैं सक्रियतापूर्वक पढ्ने र पढाउने कार्य अत्यन्तै राम्रो रहेको रामपुर–४ का वडा सदस्य सीमादेवी रानाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्