होटल एसोसिएन अफ नेपाल (हान) ले क्वारेन्टाइनका लागि दिइने ५७ होटलको सूची जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई बुझाएको छ।
गरिदिनकाठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई आग्रह गर्दै पत्र बुझाएका छन्।
काठमाडौं प्रशासनले गत शुक्रबार मात्र काठमाडौंका ४५ होटल क्वारेन्टाइन बनाउने भन्दै सूची सार्वजनिक गरेकोमा हानले सीडीओ जनकलाई दाहाललाई सूची बुझाएको हो
क्वारेन्टाइनका लागि दिइने होटल क्षेत्रका समुदायसँग सरकारले आवश्यक समन्वय गरिदिनुपर्ने हानको भनाइ छ।
व्यवसायीले चारतारे होटलको एक बेड भएको रुमका लागि ८ हजार र दुई बेड भएको रुमका लागि प्रति बेड ५ हजार ५०० रुपैयाँ तोकेका छन्। यसैगरी तीनतारे होटलमा एक्लै बस्न चाहनेका लागि ६ हजार र २ जना बस्न चाहेनका लागि प्रतिव्यक्ति ३ हजार ५०० निर्धारण भएको हानले जनाएको छ।
यसैगरी दुईतारे होटलमा एक्लै बस्न चाहेका लागि ५ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ तय भएको छ। यसमा चार पटकसम्मको खाना र खाजा पनि समावेश हुनेछ।






