३१ असार २०८३, बुधबार

स्याङ्जाको एकै गाउँपालिकाका १९ जनामा कोरोना संक्रमण

असार १३, २०७७
स्याङ्जाको एकै गाउँपालिकाका १९ जनामा कोरोना संक्रमण

स्याङ्जाको एकै गाउँपालिकामा ६ महिलासहित १९ जनामा कोरोना संक्रमण देखा परेको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माका अनुसार अर्जुनचौपारी गाउँपालिकाका उनीहरुमा कोरोना पुष्टि भएको हो । तीमध्ये १२ महिने, ८ वर्षे र ९ वर्षे बालकसमेत संक्रमित छन् । 
यस्तै, वर्ष १८ देखि ४१ उमेर समूहका अरु ९ जना पुरुष पनि संक्रमित छन् । 

वर्ष १० र १२ का २ जना बालिकाहरु, १४ वर्षीया किशोरी, वर्ष २०, २५ र २९ वर्षका महिला संक्रमित हुन पुगेका छन् । 

स्याङ्जाकै पुतलीबजार नगरपालिकाका ४२, बालिङ नगरपालिकाका २६ र बिरुवा गाउँपालिकाका २३ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ । स्याङ्जामा शनिबारमात्रै २२ जनामा कोरोना संक्रमित थपिएका हुन् । उनीहरु सबैजनाको स्वाब परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको हो । 

प्रदेशअन्तर्गत बागलुङका ८ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २ जना पुरुषमा पनि कोरोना देखिएको जनाइएको छ । 

बागलुङको काठेखोला गाउँपालिकाका ७ जनामध्ये वर्ष २० देखि ५० उमेर समूहका छन् भने ढोरपाटन नगरपालिकाका २५ वर्षीय पुरुष संक्रमित छन् । उनीहरुको परीक्षण पनि प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको हो ।

उता, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाका वर्ष २६ र ४० का पुरुषमा पनि कोरोना देखिएको छ । 

गण्डकीमा योसहित कोरोना संक्रमितको कुल संख्या ८ सय ३८ पुगेको स्वास्थ्य निर्देशनालयको शनिबार बिहान जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रदेशमा हालसम्म २ जनाको मृत्यु भएको भने १ सय बढी डिस्चार्ज भएका छन् । शुक्रबार साँझमात्रै पोखराबाट १७ जना कोरोना संक्रमितका बिरामी निको भइ घर फर्केका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्