×

NMB BANK
NIC ASIA

जनप्रतिनिधिका छोराहरूको गुण्डागर्दी : कुटपिटपछि जाहेरी फिर्ता लिन दबाब

असार १५, २०७७

NTC
Premier Steels

कैलालीको गौरीगंगा नगरपालिकाका जनप्रतिनिधिका छोराहरूले नेतृत्व गरेको अराजक युवाको समूहले मरणासन्न कुटपिट गरेका १ युवक गम्भीर घाइते भएका छन् ।

Muktinath Bank

नगरपालिकाका वडा सदस्यद्वय चिरञ्जीवी जोशी र अमृता विकका छोरासहित युवाहरूको कुटपिटबाट युवक घाइते भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायव निरीक्षक डम्मरबहादुर थापाले आइतवार राति ती युवाहरूको कुटपिटले गौरीगंगा नगरपालिका–८ का राजकुमार कठरियाका २१ वर्षीय छोरा कमान्डो कठरिया घाइते भएका बताए ।


Advertisment
Nabil box
Kumari

कुटपिटमा वडा सदस्य जोशीका छोरा निरज जोशी र वडा सदस्य विकका छोरा अर्जुन विकसहित गौरीगंगा नगरपालिका–४ का दिपेन्द्र सुनार, विवेक बराल, वडा नम्बर ९ का सुरेश चुनाराको संलग्नता रहेको प्रहरी नायव निरीक्षक थापाले बताए ।

Vianet communication

घाइते कठरियाका बुवा राजकुमार कठरियाले आइतवार राति आफ्नो छोरालाई हेलमेट र बोतलले प्रहार गरी घाइते बनाएको बताउँदै आफ्नो परिवार नै असुरक्षित भएको दुखेसो सुनाए ।

ती युवाहरूबीच यसअघि पनि पटक–पटक झैझगडा हुने गरेको र प्रहरीसम्म नै उनीहरूको विवाद आउने गरेको प्रहरी नायव निरीक्षक थापाले बताए । घटनाअघि पनि ती युवाहरू प्रहरी कहाँ आएको बताइएको छ ।

यसैबीच, कुटपिटको घटनालाई आपसमै मिलाउने प्रयास भइरहको छ । वडा सदस्यद्वय सहितका व्यक्तिले आपसी छलफलबाटै घटनालाई मिलाउनुपर्ने दबाब सिर्जना गरिरहेका बताइएको छ । राति नै पक्राउ परेका निरज जोशीलाई उनका बुवा चिरञ्जीवी जोशीले पहुँचको भरमा घर लगेका जनाइएको छ ।

कुटपिट जस्तो आपराधिक घटनाका संलग्नलाई कानूनी कारवाही गर्नुपर्ने आफूहरूको माग रहेको पीडित कठरियाका बुवाको भनाई छ । प्रहरी नायव निरीक्षक थापाले पनि आफू सबै कानूनी प्रक्रियाको लागि तयारी रहे पनि आपसमै मिलाउनुपर्ने भन्दै छलफल भइरहेको स्वीकार गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x