×

NMB BANK
NIC ASIA

सरकारले बजेट सच्याएर ल्याए असार १८ गते कर्णाली प्रदेशसभा चल्न दिने सहमति

असार १५, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेश सभाको असार १० गते अवरुद्ध बैठक आगामी असार १८ गते दिउँसो ३ बजे बस्ने भएको छ ।

Muktinath Bank

सोमवार बसेको कार्यव्यवस्था परामर्श समितिमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आगामी असार १८ गतेसम्मका लागि बजेट सच्याउने समय दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग अनुरोध गरेपछि सहमति जुटेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारले ल्याएको बजेटमा हामीलाई ढाँट्यो,’ प्रमुख प्रतिपक्षी दलका सचेतक हिमबहादुर शाहीले भने, ‘सरकारले सदनलाई छल्न पाउँदैन । सरकार सदनप्रति जिम्मेवार हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यही आधारमा हामीले सदन अवरुद्ध गरेका हौं । बजेट नसच्चिएसम्म हामी बैठक अवरुद्ध गरिहन्छौं  भनेर हाम्रो अडान बैठकमा राख्यौं ।’


Advertisment
Nabil box
Kumari

उनका अनुसार बजेटका कमजोरी असार १८ गते सुधारेर ल्याउने प्रतिबद्धता सरकारले जनाएको छ । बजेटमा डल्लो शीर्षकमा विनियोजन गरिएकाले योजनागत बजेट विनियोजन गर्न प्रतिपक्षी दलको माग रहेको छ ।

Vianet communication

सरकारले वार्षिक विकास कार्यक्रम किताब ल्याउँदा विनियोजन विधेयकको भावना र मर्म विपरीत नीतिगत त्रुटि गरी अपूर्ण कार्यक्रम ल्याएको हुँदा दफावार छलफल अगाडि बढाउन नमिल्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले सदन अवरुद्ध गरेको बताए ।

‘आर्थिक वर्ष २०७७/०७८ को वार्षिक विकास कार्यक्रम आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रकाशित गरेको छ । यदि यो वार्षिक विकास कार्यक्रम हो भने कर्णाली प्रदेश आयोगले निकाल्नुपर्ने हो कि आर्थिक मामिला मन्त्रालयले  ?’ उनले प्रश्न गरे ।

बजेट बक्तव्य र रातो किताबमा उल्लेख गरिएका बुँदा नै तोडमोड गरी ल्याइएको उनको आरोप छ । उनले सरकारले सदनलाई बेवास्ता गरी बजेट मनलाग्दी खर्च गर्न र कार्यकर्ता पाल्न ल्याए जस्तो लागेको आरोप बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x