×

NIC ASIA

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार दिउँसो विज्ञप्ति जारी गरी थप १२ जनामा कोरोना पुष्टि गरेको छ ।

Muktinath Bank

योसहित प्रदेशमा कुल संक्रमित संख्या १ हजार ६ पुगेको छ । गएको २४ घण्टामा प्रदेशअन्तर्गत कास्कीमा थप ३ जना नयाँ संक्रमित फेला परेका छन् । जसमा २६, २९ र ४४ जना पुरुष छन् । लमजुङमा ७ जना कोरोना संक्रमित थपिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरुमध्ये दूधपोखरी, बेशीशहरका २–२ जना, राइनास, सुन्दरबजार, क्लोलोसोथरका १–१ जना पुरुष संक्रमित छन् । कास्की र लमजुङका संक्रमितको नमुना परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए ।


Advertisment
Nabil box
Kumari

पोखरामै भएको परीक्षणमा तनहुँको भानु नगरपालिका घर भइ हाल लमजुङमा कार्यरत ४० वर्षीय पुरुष तथा बाराको कोल्हवी नगरपालिका घर भइ लमजुङमै कार्यरत वर्ष २५ की महिला र २७ का पुरुषमा संक्रमण पुष्टि भएको छ । उता, चितवनको भरतपुर अस्पतालमा भएको नमुना परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिकाका ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखा परेको छ ।

Vianet communication

प्रदेशमा गएको २४ घण्टामा कुल ७३ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन् । जसमा बागलुङका ६८, गोरखाका ३, लमजुङका २ जना रहेका छन् ।

योसहित प्रदेशमा निको हुनेको संख्या २ सय ८७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा बुधबार बिहानमात्र थप २८ जनामा कोरोना पुष्टि भएको जनाइएको थियो । तीमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२, स्याङ्जा ८, गोरखा र बागलुङ ३–३, कास्की र तनहुँका १–१ जना रहेका छन् ।

पोखरामा नमुना परीक्षणको लागि हालसम्म १६ हजार ७६ सय ६१ जनाको स्वाब संकलन भएकोमा २ सय ९० जनाको रिपोर्ट आउन बाँकी छ । कोरोना संक्रमितमध्ये स्याङ्जाका २ जना पुरुषको मृत्यु भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x