१९ असार २०८३, शुक्रबार

गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

असार १७, २०७७
गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार दिउँसो विज्ञप्ति जारी गरी थप १२ जनामा कोरोना पुष्टि गरेको छ ।

योसहित प्रदेशमा कुल संक्रमित संख्या १ हजार ६ पुगेको छ । गएको २४ घण्टामा प्रदेशअन्तर्गत कास्कीमा थप ३ जना नयाँ संक्रमित फेला परेका छन् । जसमा २६, २९ र ४४ जना पुरुष छन् । लमजुङमा ७ जना कोरोना संक्रमित थपिएका छन् ।

उनीहरुमध्ये दूधपोखरी, बेशीशहरका २–२ जना, राइनास, सुन्दरबजार, क्लोलोसोथरका १–१ जना पुरुष संक्रमित छन् । कास्की र लमजुङका संक्रमितको नमुना परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए ।

पोखरामै भएको परीक्षणमा तनहुँको भानु नगरपालिका घर भइ हाल लमजुङमा कार्यरत ४० वर्षीय पुरुष तथा बाराको कोल्हवी नगरपालिका घर भइ लमजुङमै कार्यरत वर्ष २५ की महिला र २७ का पुरुषमा संक्रमण पुष्टि भएको छ । उता, चितवनको भरतपुर अस्पतालमा भएको नमुना परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिकाका ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखा परेको छ ।

प्रदेशमा गएको २४ घण्टामा कुल ७३ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन् । जसमा बागलुङका ६८, गोरखाका ३, लमजुङका २ जना रहेका छन् ।

योसहित प्रदेशमा निको हुनेको संख्या २ सय ८७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा बुधबार बिहानमात्र थप २८ जनामा कोरोना पुष्टि भएको जनाइएको थियो । तीमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२, स्याङ्जा ८, गोरखा र बागलुङ ३–३, कास्की र तनहुँका १–१ जना रहेका छन् ।

पोखरामा नमुना परीक्षणको लागि हालसम्म १६ हजार ७६ सय ६१ जनाको स्वाब संकलन भएकोमा २ सय ९० जनाको रिपोर्ट आउन बाँकी छ । कोरोना संक्रमितमध्ये स्याङ्जाका २ जना पुरुषको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्