०७ साउन २०८३, बिहीबार

दुर्घटनामा एकको मृत्यु तीन घाइते

असार २९, २०७७
दुर्घटनामा एकको मृत्यु तीन घाइते

कैलालीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। 

घोडाघोडी नगरपालिका–२ साडेपानीमा मोटरसाइकल र अटो एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिकाका–२ का ४१ वर्षीय कुष्माकर जोशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। 

पूर्वबाट पश्चिमतर्फ आइरहेको अटो र पश्चिमबाट पूर्वतर्फ गइरहेको म२प ७९७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का ४१ वर्षीय जयराज भट्ट, अटो चालक घोडाघोडी नगरपालिका–१ कौवाका ३५ वर्षीय पतिराम चौधरी र अटोमा सवार भजनी नगरपालिका–६ की ५० वर्षीय ढक्या चौधरी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ। घाइतेको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले बताए। 

salt training

कमेन्ट गर्नुहोस्