
गण्डकी प्रदेशमा गएको २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण देखा परेको पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्ति जारी गरी बागलुङमा २ र स्याङजामा १ गरी ३ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
बागलुङ गल्कोटका २५ र ३५ वर्षका २ पुरुष तथा स्याङ्जा वालिङका १९ वर्षीय पुरुषमा पीसीआर रिपोर्ट पोजेटिभ आएको जनाइएको हो ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ ।
हालसम्म ९ सय २५ जना निको भइ घर फर्केका छन् । प्रदेशमा कुल ४ जनाको मृत्यु भएको छ ।