मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
नेपालमा कोभिड–१९ बाट पहिलो पटक विदेशी नागरिकको मृत्यु घटना सार्वजनिक भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ४८ वर्षीया चिनियाँ महिलाको बुधबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जनाएको हो ।
कोभिड–१९ बाट ज्यान गुमाउने ती चिनियाँ नागरिक भने पोखरामा बस्दै आएकी थिइन् । उनले पर्यटकीय सहर पोखरा लेकसाइडमा केही वर्षदेखि रेष्टुरेन्ट चलाउँदै आएको खुलेको छ । साथै उनी १ वर्षदेखि चीन फर्केकी थिइनन् ।
कुनै पनि ट्राभल हिस्ट्री नभएकी ती नागरिकमा कसरी कोरोना भेटियो भन्नेबारे पोखरास्थित स्वास्थ्य निर्देशनालयका अधिकारी पनि अचम्मित छन् । स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं रेफर गरिएकी ती नागरिकमा कोरोना पुष्टि भएको आफूले जानकारी पाएको र कसरी कोरोना संक्रमण भेटियो भन्नेबारे कन्ट्याक्ट ट्रेसिङ थाल्ने जनाए ।
स्वास्थ्यमा समस्या देखिएपछि गत सुरुवातमा पोखराको मणिपाल शिक्षण अस्पताल भर्ना भएकी उनलाई साउन २ गते थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौस्थित ग्रान्डी अस्पताल लगिएको थियो । काठमाडौं पु¥याएपछि पीसीआर परीक्षण क्रममा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना पुष्टि भएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्जस्थित सघन उपचार कक्षमा लगिएकोमा बुधबार मृत्यु भएको हो । यसअघि, पोखराबाट हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पतालमा उपचारार्थ भर्ना भएका ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
संयोगवश उनी उपचारपछि निको भइ घर फर्केका छन् । ती पुरुष कोभिड–१९ संक्रमण पुष्टि हुने पोखरामै पहिलो केस थियो । गण्डकीमा हालसम्म १ हजार ३ सय ४५ कोरोना संक्रमित रहेकोमा ४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १ हजार ९१ जना निको भइ घर फर्केका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...