×

NMB BANK
NIC ASIA

४० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै पोविका विद्यार्थी आन्दोलित

साउन ९, २०७७

NTC
Premier Steels

पोखरा विश्वविद्यालय (पोवि) नेतृत्वविहीन भएको भन्दै विद्यार्थीहरु चरणबद्ध आन्दोलनमा छन् । उनीहरुले विश्वविद्यालयमा उच्च पदाधिकारीहरु तत्काल नियुक्तिको माग गर्दै शान्तिपूर्ण धर्ना दिएका छन् ।

Muktinath Bank

जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म उनीहरुले शान्तिपूर्ण धर्ना दिए । कोभिड–१९ विरुद्ध सामाजिक दूरी कायम र आवश्यक स्वास्थ्यसुरक्षा अपनाएका उनीहरुले विभिन्न नाराअंकित प्लेकार्ड बोकेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै उनीहरुले आगामी ४ दिनभित्र विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रार लगायत पद पूर्णकालीन नियुक्ति हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत कुलपति समेत रहेका प्रधानमन्त्री र सहकुलप्रति समेत रहेका शिक्षामन्त्रीसमक्ष ज्ञापनपत्र बुझाए ।


Advertisment
Nabil box
Kumari

आन्दोलन संयोजक रविन न्यौपानेले विश्वविद्यालय नेतृत्वविहीन हुँदा करिब ४० हजार विद्यार्थीको भविष्य अन्यौलमा परेकोले तत्काल नियुक्तिको माग गर्दै आफूहरु यसरी आन्दोलनमा होमिनुपरेको बताए ।

Vianet communication

उनले भने, ‘मसँगै अर्को विश्वविद्यालयमा पढेको साथै अहिले छैटौं सेमेष्टर पढिरहेको छ तर मेरो पाँचौं सेमेष्टरकै परीक्षा हुन सकेको छैन ।’ उनी स्कुल अफ इञ्जिनीयरिङअन्तर्गत सिभिलतर्फ पाँचौ सेमेष्टरका विद्यार्थी हुन् । यी र यस्तै विविध समस्या उनीजस्तै विद्यार्थीहरुको छ ।

विश्वविद्यालयमा हाल उपकुलपति,रजिष्टार,परीक्षा नियन्त्रक, डीन र निर्देशक गरी प्रमुख ५ वटै पदहरु खालि छन् । उपकुलपति र रजिष्टारलाई कार्यवाहक दिइए पनि हाल उनीहरु समेत सेवा अवधि टुंगिएर विदा भएका छन् ।

विद्यार्थीहरुले पूर्णकालीन नेतृत्व लिन सक्ने ती पदहरुमा आगामी ४ दिनभित्र नियुक्तिको माग गरेका छन् । यदि नियुक्ति नभए तेस्रो चरणको आन्दोलन गर्न आफूहरु बाध्य हुने आन्दोलनका अर्का संयोजक एवं सातौं सेमेष्टरका विद्यार्थी अर्जुन पराजुलीले बताए ।

शहीदचोकस्थित जिल्ला प्रशासन कार्यालयको धर्नामा पोखरा विश्वविद्यालयअन्तर्गत पोखरामा रहेको सम्बन्धनप्राप्त कलेजहरु ला ग्राण्डी, पेक, पोखरा कलेज अफ म्यानेज्नमेन्ट र गण्डकी कलेज अफ इञ्जिनियरिङ एण्ड सफ्टवयेरका विद्यार्थी सहभागी थिए ।

त्यसो त देशका ५८ वटा कलेज पोखरा विश्वविद्यालयसँग सम्बन्धनप्राप्त छन् । पोखराको ढुंगेपाटनमा केन्द्रीय कार्याय रहेको पोखरा विश्वविद्यालयमा हाल स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ बिजनेस, स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्स, स्कुल अफ सोसल डेभलपमेन्ट गरी ४ संकायमा पढाइ हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x