×

NMB BANK
NIC ASIA

प्रधानाध्यापकमाथि लाग्यो छात्रवृत्तिको रकम हिनामिनाको आरोप

साउन ११, २०७७

NTC
Premier Steels

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ५ स्थित देउती आधारभूत विद्यालयमा छात्रवृत्तिको रकम दुरुपयोग भएको छ । विद्यालयमा अध्ययनरत दलित विद्यार्थीका लागि आएको छात्रवृत्तिको करिब ५० हजार सरोकारवालालाई थाहा नदिई खाताबाट झिकेर झ्वाम पारिएको हो ।

Muktinath Bank

जिल्ला प्रशासन कार्यालय दैलेखले विद्यालयका प्रधानाध्यापक अनिताकुमारी न्यौपाने र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद रेग्मीलाई ३ दिनभित्र स्पष्टिकरण सहित बैंक स्टेटमेन्ट पठाउन अनुरोध गरी साउन ९ गते पत्रसमेत पठाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रशासनले विद्यालयका दलित बालबालिकाका नाममा आएको छात्रवृत्तिको रकम प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितले खाताबाट झिकेर हिनामिना गरेको आरोपसहित कारवाहीका लागि उजुरीसमेत परेको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

चामुण्डाविन्द्रासैनी ५ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण रेग्मीले २०७६ फागुनमा उक्त छात्रवृत्तिको करीब ५० हजार रकम निकाल्ने विद्यालय व्यवस्थापन समितिको निर्णय भएको बताए ।

Vianet communication

‘फागुनमा उक्त रकम निकालेर वितरण गर्ने निर्णय भएको हो,’ उनले भने ’म आफ्नो कार्यव्यस्ततामा थिएँ । मैले सुनेअनुसार उक्त रकम चैतमा निकालेर प्रधानाध्यापकले राखेका छन् भन्ने सुनेको छु । लकडाउनको कारण वितरण नगरिएको भन्ने कुरा छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मीले उक्त छात्रवृत्तिको रकम प्रधानाध्यापक न्यौपानेसँग भएको दावी गरे । ’फागुनमा निकासी गरेको छात्रवृत्तिको रकम उहाँसगै छ,’ उनले भने ’शनिवार अभिभावकले उक्त छात्रवृत्तिको बारेमा बुझ्न भेला गरेका थिए । भेलामा उहाँ आइदिनुभएन । अभिभावकले उहाँलाई शनिवार नै प्रधानाध्यापक पदबाट निष्कासन गर्ने घोषणा पनि गरिसकेका छन् ।’

प्रधानाध्यापक अनिता कुमारी न्यौपानेले चैत ६ गते छात्रवृत्तिको रकम झिक्ने निर्णय भएको बताइन् । ‘चैत १५ गते रिजल्टसँगै छात्रवृत्ति पनि वितरण गर्ने भनी निकालेका हौं,’ उनले भनिन्, ’लकडाउनका कारण वितरण गर्न पाइएन । अब छिट्टै वितरण गर्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x