×

NMB BANK
NIC ASIA

कोरोना संक्रमित एसपी निवासमै बस्ने, अरु प्रहरीलाई अस्पताल लैजाने तयारी

साउन १२, २०७७

NTC
फाइल फोटो
Premier Steels

स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सहित १८ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

Muktinath Bank

संक्रमित सबै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत छन्, तीमध्ये १ जना महिला हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्याङ्जाका स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले गत साउन ६ गते हवल्दार र सिपाहीमा कोरोना पुष्टि भएपछि कार्यालयमा कार्यरत प्रहरी र थुनुवा सबै १०२ जनाको स्वाब संकलन गरी पोखरामा परीक्षण गरिएकोमा १८ जनामा कोरोना देखिएको बताए । अझै ८४ जनाको रिपोर्ट आउन बाँकी छ ।


Advertisment
Nabil box
Kumari

संक्रमित एसपी आफ्नै निवासमा आइसोलेसनमा बस्न थालिसकेका छन् भने बाँकी १७ जनालाई भीरकोट–१ हेलुस्थित कालिका सामुदायिक अस्पतालमा लैजाने तयारी गरिएको छ ।

Vianet communication

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीका अनुसार सेवामा खटिने क्रममा कहाँ कसरी कोरोना पुष्टि भयो भन्नेबारे यकिन भन्न सकिएको छैन । सबैको साउन ७ गते स्वाब संकलन गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको थियो । अरु ८४ जनाको रिपोर्ट अझै नआइसकेको उनले बताए । जिल्ला प्रहरी कार्यालयमा प्रहरी कर्मचारी हाल ९८ जना कार्यरत छन् । बाँकी ४ जना थुनुवा हुन् ।

गत हप्ता जिल्लामा कार्यरत प्रहरीमा कोरोना देखिएपछि कार्यालय नै सील गरी सुरक्षा व्यवस्था अपनाइएको थियो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कार्यालय प्रमुखसहित २१ प्रहरीमा कोरोना देखिएपछि पुतलीबजारमा कडाइ गरिएको जानकारी दिए । उनले पहिलो चरणमा प्रहरी प्रमुखदेखि जवानसम्मको स्वाब लिइएको र सम्पर्कमा आएकाको खोजी शुरू गरिएको बताए ।

स्याङ्जामा हालसम्म कोरोना संक्रमितको संख्या २२३ पुगेको छ । तीमध्ये १८८ निको भइ घर फर्केका छन् । २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गण्डकी प्रदेशमा भने कूल संक्रमित संख्या करीब १ हजार ४०० पुगिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x