×

NIC ASIA

सुनको मूल्य एक लाख नजिक, व्यवसाय चौपट हुने त्रासमा सुन व्यवसायी

साउन १३, २०७७

Prabhu Bank
NTC
Premier Steels

नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ । 

Muktinath Bank

मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब १ हजार ८ सय रुपैयाँ मूल्य वृद्धि भएमा सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ पुग्ने सहजै अनुमान गर्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

सुनको मूल्य अझै बढ्न जाने र एक लाख रुपैयाँभन्दा माथि हुन सक्ने सुन व्यवसायी तेजरत्न शाक्यले लोकान्तरसँग बताए । 

Vianet communication

कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी रुपमा सिर्जना गरेको महामारीका कारण सुनको मूल्यमा अत्याधिक वृद्धि भएको हो । 

महासंघले मंगलवार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँ कायम गरिएको छ ।

यसअघि सोमवार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ रहेको थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय ६०  रुपैयाँ कायम भएको थियो । 

चाँदीको मूल्यमा पनि पछिल्लो समय अत्याधिक वृद्धि भएको छ । 

सोमवार १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

सरकारले गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन जारी गरेको थियो । लकडाउन जारी हुनुभन्दा अघिल्लो दिन १० गते छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुनको मूल्य ७६ हजार ७ सय रुपैयाँ कायम भएको थियो । 

चैत ११ देखि भदौ १२ गतेसम्म छापावाल सुनको मूल्यमा प्रतितोला २१ हजार २ सय रुपैयाँ वृद्धि भएको छ ।

किन बढ्यो सुनको भाउ ? 

सुन व्यवसायी तेजरत्न शाक्यका अनुसार कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म सुनको मूल्यमा सुधार हुन सक्ने सम्भावना नदेखेको बताउँछन् ।

उनका अनुसार, पछिल्लो समय कोरोना भाइरसको महामारीमात्रै नभई ठूला अर्थतन्त्र भएमा दुई मुलुकबीचको द्वन्द्वका कारण पनि सुन बजार प्रभावित छ ।

‘महामारीका बीचमा पछिल्लो समय अमेरिका र चीनबीचमा जारी द्वन्दका कारण पनि सुन बजार प्रभावित हुन पुग्यो, सुनको मूल्य १ लाख माथि नै चढ्ने अनुमान छ,’ उनले भने । 

व्यवसाय चौपट
कोरोना महामारीका बीचमा सरकारले जारी गरेको लकडाउनका कारण सुनचाँदी व्यवसाय चौपट भयो ।

विवाह तथा अन्य धार्मिक सँस्कारहरूका समयमा नै लकडाउन हुँदा सुन किनबेच हुन पाएन । जसका कारण सुनचाँदी व्यवसाय प्रभावित भए । अहिले सरकारले लकडाउन अन्त्य गरेको अवस्था छ ।  यद्यपि सुनचाँदी व्यवसायीको पीडा ‘ज्यूँ का त्यूँ’ छ । 

सुनको मूल्यमा आएको अचाक्ली वृद्धिका कारण अहिले बजारमा ग्राहकको आकर्षण छैन । अझै भनौं यसका कारण सुनको माग शून्य जस्तै भएको छ । हिन्दु धर्मावलम्बी महिलाहरूको विषेश चाडका रूपमा तीज नजिकिँदै छ ।

अन्य समयमा यो समयमा सुनको कारोबार बढी हुने गरेपनि मूल्य वृद्धिका कारण अहिले सुनको माग नभएको व्यवसायी शाक्य बताउँछन् । उनी भन्छन्, बजार सुनसान छ, हाम्रो त रोजीरोटी नै गुम्ने अवस्था आयो ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

जेठ ३, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

जेठ २, २०८१

जतिबेला नेपालमा विद्युतीय गाडीको बिक्री फाट्टफुट्ट शुरू भएको थियो, त्यतिबेला सन् २०१७ मा साइमेक्स नेपालले चुनौतीका बाबजुद पनि लक्जरी गाडी बीवाईडी ई-६ भित्र्यायो । विद्युतीय सवारी साधनलाई लिएर आजभन्दा ७ वर्षअ...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x