कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
साउन २१, २०७७
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) का उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले निजी क्याम्पसलाई आफूले आंगिक क्याम्पस बनाउन अनुमति नदिने बताएका छन् ।
उनले काम गरेर कर्णालीका किसानलाई खान पुग्छ भने आफूलाई विश्वविद्यालयबाट आउने सत्तरी हजारले खान पुग्ने बताउँदै विश्वविद्यालयलाई कमाउने माध्यम नबनाउने बताए ।
नेपालको विश्व विद्यालयको यतिहासमा आफूले योग्य, कुशल र क्षमतावान रजिष्ट्रार र चारवटा डीन ल्याउन खुला विज्ञापन गरेको बताए । वीरेन्द्रनगरमा उपकुलपति बनेको १५८ औं दिनमा पत्रकार सम्मेलन गर्दै उनले ज्यान गए जाला तर योग्य र सक्षम व्यक्तिलाई मात्रै रजिष्ट्रार बनाउन सिफारिस गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘राष्ट्रको अपरिहार्यता अनुसारको अत्याधुनिक, पारदर्शीपूर्ण र भ्रष्टारचारमुक्त विश्वविद्यालय बनाउने योजना र रणनिति अनुसार काम गर्नेछु । कर्णालीका जनताले विश्वविद्यालयबाट ठूलो अपेक्षा गरेका छन् र उदाहरणीय विश्वविद्यालय निर्माण गर्ने अभियानमा नकरात्मक क्रियाकलाप गर्ने जो कोहीलाई कारवाही गरिने र जनताको सपना पूरा गर्न दत्तचित्त भएर लाग्नेछु,' उनले भने ।
विश्वविद्यालयलाई सुधार गर्नका लागि अभियानको सुरुवात गर्दै विश्वविद्यालयको कार्यकारी परिषदले ९२ वटा निर्णय गरेको छ ।
तिमध्ये केही बुदाँमा मध्यपश्चिम विश्वविद्यालयलाई बायोमेडिकल, वैज्ञानिक तथा प्रविधियुक्त र कृषी सम्बन्धि विषयलाई शैक्षिक हबका रुपमा स्थापित गर्ने, कोरोना भाइरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचारको सहयोगार्थ नेपाल राष्ट्रिय बाणिज्य बैंकमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको खातामा विश्वविद्यालय अन्र्तगतका सम्पुर्ण निकाय, केन्द्रिय सम्बन्धन प्राप्त तथा आंगिक क्याम्पसहरुमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीहरुबाट उठाएर २८ लाख ५४ हजार ७३२ रुपैँया ७९ पैसा बराबरको रकम सहयोग गरिएको निर्णय गरिएको समेत उनले बताए ।
प्रा.डा.सिंहले विश्वविद्यालयलाई एक्काइसौं शताब्दीको पारदर्शीपूर्ण र भ्रष्टाचारमुक्त विश्वविद्यालय बनाउनका लागि आवश्यक तयारी शुरु गरिएको बताए ।
‘विश्वविद्यालयलाई भौतिक पूर्वाधारको क्षेत्रमा नेपालकै अत्याधुनिक तथा प्रविधियुक्त विश्वविद्यालय बनाउन भौतिक पूर्वाधार निर्माणको लागि बृहत गुरुयोजनासहित डिजाइन र इष्टिमेट समेत गरिएको छ । यसको लागत करिब तीन अर्ब हुनेछ,' उनले भने, 'अबको साढे दुइ वर्षमा अत्याधुनिक विश्वविद्यालय बनाई छाडनेछु ।’
यसकालागि राज्यको चौथो अंगको रुपमा रहेको सञ्चारजगत, आम नागरिक समाज, कर्मचारी सबैको साथ र सहयोग पाउनेमा उनी आशावादी देखिन्छन् । उनले विश्वविद्यालयमा रजिष्ट्रार र डीन लगाएतका पदाधिकारीहरुको नियुक्तिपश्चात आवश्यक लगानी जुटाएर निर्माणको प्रक्रिया समेत थालनी गरिने बताए ।
एमयूले फ्याकेल्टी अफ एग्रीकल्चर एण्ड फरेस्टी हेल्थ मेडिकल साइन्स सञ्चालन गर्ने गरी विश्व बैंक बाट प्राप्त हुने आर्थिक सहयोग अनुसार हालसालै कृषि उपजका लागि आवश्यकता पर्ने जग्गा, ल्याब र उपकरण निर्माण गर्न आवश्यक कार्य गर्ने, कोभिड १९ महामारी विरुद्ध लड्न विश्वविद्यालयको विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पसबाट हेन्ड स्यानिटाइजर उत्पादन गर्ने निर्णय गरिएको र बैशाख ११ देखि उत्पादन गरि निशुल्क वितरण गर्ने र त्यसपछिका उत्पादनलाई मुल्य निर्धारण गरि बजारीकरण गर्ने निर्णय गरेको छ ।
‘हामीले उपकुलपति र रजिष्ट्रारले महिनाको दुइ लेक्चर, डीन कार्यकारी निर्देशक वा सो सरहका पदाधिकारीले ४ लेक्चर, सहायक डीनले महिनामा ६ लेक्चर, क्याम्पस चीफले महिनामा ८ लेक्चर र क्याम्पस चीफले नियमित सरह लेक्चर दिने निर्णय गरेका छौं,' उनले भने, ‘विश्वविद्यालयका कर्मचारीहरुबाट संकलन गरेर राज्यको कोभिड कोषमा २८ लाख ५४ हजार ७३२ रुपैंया ७९ पैसा जम्मा गरेका छौं ।’
उनले एमयूले स्यानीटाईजर उत्पादन गरिरहेको बताउँदै यसका अलावा ९ वटा आंगिक क्याम्पसलाई ५० लाखको दरले र मुगु क्याम्पसलाई २५ लाख गरी जम्मा ४ करोड ७५ लाख रुपैंया प्रदान गर्ने निर्णय गरिएको बताए । पत्रकारको एक प्रश्नमा उपकुलपति डा. सिंहले आफूले तीस जना भन्दा बढीसँग खुला प्रतिस्पर्धा गरी उपकुलपति बनेको बताए ।
‘मलाई कुनै नेता वा दलले उपकुलपति बनाएको होइन,' उनले भने, ‘मेरो क्षमताले नै उपकुलपति भएको हो ।’
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...