०६ साउन २०८३, बुधबार

खोलाले बगाउँदा बेपत्ता विष्ट जिवितै भेटिए

साउन २६, २०७७
खोलाले बगाउँदा बेपत्ता विष्ट जिवितै भेटिए
फाइल फोटो।

कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष सोमबार जीवित भेटिएका छन्। 

मोहन्याल गाउँपालिका–३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर विष्ट आइतबार सोही ठाउँको गेदान खोला तर्ने क्रममा बेपत्ता भएको र खोजतलास गर्दै जाँदा बगेको ठाउँबाट करिब ५० मिटर पर चोटपटक लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए।

विष्टलाई उनका आफन्त र प्रहरीले उपचारका लागि घोडाघाडी अस्पताल ल्याइरहेको प्रहरी निरीक्षक थापाले बताए।

salt training

कमेन्ट गर्नुहोस्