०४ साउन २०८३, सोमबार

श्रेष्ठलाई उत्कृष्ट राष्ट्रसेवक कर्मचारी सम्मान

श्रेष्ठलाई उत्कृष्ट राष्ट्रसेवक कर्मचारी सम्मान

भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था (सिटिजन्स् जुरी) कास्कीले डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठलाई उत्कृष्ट राष्ट्रसेवक कर्मचारी–२०७६ बाट सम्मान गर्ने भएको छ। 

प्रतिभा छनोट समितिले वातावरण एवं सम्पदा संरक्षणमा उल्लेखनीय योगदान दिएको भन्दै श्रेष्ठकोे नाम सिफारिस गरेकोमा संस्थाको बुधबार बसेको बैठकले सो अनुमोदन गरेको हो। 

साथै उत्कृष्ट प्रतिष्पर्धामा पर्न सफल नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमलाई ‘सुशासन प्रवर्द्धन’ र जिल्ला प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत लक्ष्मण बराललाई ‘नागरिक सरोकार’ अन्तर्गत कदरपत्र सहित सम्मान गरिने संस्थाका सचिव रामबहादुर पौडेलले जानकारी दिए। 

तीन सदस्यीय प्रतिभा छनोट समितिमा संस्थाका सचिव रामबहादुर पौडेल संयोजक तथा सदस्यमा शशी तुलाचन र इन्द्रकमल मानन्धर थिए।

salt training

कमेन्ट गर्नुहोस्