
सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अछाममा बाढीबाट धनजनको क्षति हुने गरी भएको घटनाप्रति दुख व्यक्त गरेका छन्।
मंगलबार अछामको रामारोसन गाउँपालिकामा आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ, भने ११ जना बेपत्ता भएका छन्। ‘उक्त घटनाले आफूलाई स्तब्ध बनाएको’ प्रचण्डले उल्लेख गरेका छन्।
ट्वीट गर्दै प्रचण्डले भनेका छन्, ‘उक्त घटनामा निधन हुनुभएकाहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।’
मंगलवार राति परेको अविरल वर्षाका कारण अछाम जिल्लाको रामारोसन गाउँपालिकामा आएको बाढीले बगाएर ६ जनाको मृत्यु र ११ जना बेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ । उक्त घटनामा निधन हुनुभएकाहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
— ☭ Comrade Prachanda (@cmprachanda) August 19, 2020