२९ असार २०८३, सोमबार

बिरामी नफर्काउन मुख्यमन्त्री राईकाे निर्देशन

भदौ ९, २०७७
बिरामी नफर्काउन मुख्यमन्त्री राईकाे निर्देशन

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड–१९ र अन्य बिरामीलाई छुट्टाछुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

प्रतिष्ठानका पदाधिकारीहरुसँग मंगलबार छलफल गर्दै जनस्तरबाट आएको गुनासोलाई सम्बोधन गर्न उनले निर्देशन दिएका हुन्।

मुख्यमन्त्री राईले प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्ट्रार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफलपछि  उपचारमा आउने बिरामीको राम्रो उपचार गर्न र आएका बिरामीलाई नफर्काउन निर्देशन दिए। उनले तत्काल पिसीआर परीक्षणको दायरा बढाउन र त्यसका लागि आवश्यक संयन्त्र निर्माण गर्न पदाधिकारीलाई निर्देशन दिँदै प्रतिष्ठानमा ५०० क्षमतको आइसोलेशन बेड तयार पार्न र कोभिड अस्पताललाई २०० बेड क्षमताको बनाउन निर्देशन दिए। 

सो अवसरमा प्रतिष्ठानका पदाधिकारीले निर्देशनबमोजिमको आवश्यक काम थाल्ने प्रतिवद्धता व्यक्त गर्दै प्रतिष्ठानका वर्तमान वस्तुस्थितिबारेमा मुख्यमन्त्रीलाई जानकारी गरा

salt training

कमेन्ट गर्नुहोस्