०५ साउन २०८३, मंगलबार

ईलाका प्रहरी कार्यालय बुटवलका १३ थुनुवालाई कोरोना

भदौ १०, २०७७
ईलाका प्रहरी कार्यालय बुटवलका १३ थुनुवालाई कोरोना

इलाका प्रहरी कार्यालय बुटवलका राखिएका १३ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ जना बुधबार नै छुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले थुनुवालाई संक्रमण पुष्टि भएको लोकान्तरलाई जानकारी दिए ।

डिएसपी खत्रीका अनुसार थुनुवामा संक्रमण पुष्टि भए लगत्तै उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको छ । थुनुवालाई स्थानीय तहसँग समन्वय गरी आइसोलेसनमा पठाइने छ भने सम्पर्कमा आएका प्रहरीहरुलाई क्वारेन्टिनमा पठाउने तयारी गरिएको छ ।

मंगलबार मुख्यमन्त्री शंकर पोखरेलका सुरक्षामा खटिएका ३ जना प्रहरीमा पनि संक्रमण देखिएको थियो । प्रदेश पाँचमा कोरोना संक्रमण समुदाय स्तरमै तीव्र रुपमा फैलिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्