
बालिकामाथि जबरजस्ती करणी अभियोगमा कास्की प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने पोखरा महानगरपालिका–१० मिलनटोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय रेशबहादुर गुरुङ हुन् ।
९ वर्षीया बालिकालाई ललाइफकाइ ४–५ महिनादेखि यौनशोषण गर्दै आएको उजुरी आधारमा कास्की प्रहरीले गुरुङलाई आइतवार स्याङ्जाको बिरुवा गाउँपालिका–८ टोड्केबाट पक्राउ गरेको हो ।
गुरुङमाथि आवश्यक अनुसन्धानका लागि पोखरा ल्याइसकिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।