
दुई चार्टर्ड उडानमार्फत सोमबार ४ सय ९ नेपाली स्वदेश फर्किएका छन्।
विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले दुबईबाट २ सय ५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले अबुधाबीबाट १ सय ५५ यात्रु र एक बच्चा काठमाडौँ ल्याएको छ।
थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दोहाबाट समान एक उडान गर्नेछन्। दुवै एयरलाइन्सका जहाज सोमबार राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ।