
वास्तवमा पुरुषको के चीज त्यस्तो हुन्छ, जो महिलालाई आकर्षक लाग्छ । शारीरिक बनावट या चरित्र ? या उनीहरुको ड्यासिङ लूक, मुस्कान अथवा पूरै व्यक्तित्वले उनीहरुलाई आकर्षक बनाउँछ ?
वास्तवमा पुरुषमा के देखेर महिलाहरु आकर्षित हुन्छन् ? शारीरिक बनावट या चरित्र ? कुन महत्वपूर्ण हुन्छ ? विषय जति जटिल छ उत्तिकै रोचक पनि छ । धेरै अध्ययन र शोधले यसमा आफ्नो आफ्नो निष्कर्ष निकालिसकेका छन् ।
बौद्धिक प्रवृत्ति महत्वपूर्ण
३ हजार महिलामा गरिएको एक अध्ययनबाट यो पत्ता लाग्यो कि ७५ प्रतिशत महिला ती पुरुषप्रति आकर्षित हुन्छन्, जो टेक्नोलोजी (प्रविधि)मा रुची राख्छन्। सर्वेक्षणबाट यो पनि पत्ता लाग्यो जीममा धेरै समय बिताउने पुरुष महिलालाई आकर्षक लाग्दैनन्। अर्थात महिला शारीरिक बनावट भन्दा पनि बौद्धिक क्षमतालाई बढी महत्व दिन्छन्।
स्वास्थ्य र सुन्दरता
बेलायती जर्नल ‘बायोलोजी लेटर्स’ मा प्रकाशित एक अध्ययनका अनुसार शोधकर्ताले २८ अलग देशका करिब २ हजार पुरुषलाई २० महिलाका तस्बिर देखाए। हरेक महिलाका दुई प्रकारका फोटो, एक वास्तविक (ओरजिनल) र अर्को मोडिफाइट गरिएको थियाे। सबै देशका पुरुषले ती महिलालाई चुने जसको अनुहार धेरै चम्किलो थियो। तर जापानजस्तो समृद्ध र स्वस्थ देशका पुरुषले धेरै फेमिनिन लक्षण भएकी महिलालाई आकर्षक बताए भने नेपालजस्ता गरिब देशका पुरुषले यस्तो गुणमा सबैभन्दा कम रुची देखाए।
मस्ती गर्ने पुरुष
अधिकांश महिला मजाक गर्ने तथा ठट्यौली स्वभाव भएका पुरुषलाई मन पराउँछन् । राम्रो सेन्स अफ ह्यूमर भएका पुरुषले कुनै पनि सम्बन्धमा नयाँपन ल्याउन सक्छन् । मस्तीका साथ जिन्दगी जिउने पुरुष सधैं प्रसन्न रहन्छन् । अर्थात् जिन्दगीको हरेक मोडमा आशावादी रहन्छन् ।
आवाजको तीव्रता
‘पर्सनालिटी एण्ड इन्डिभिजुअल डिफ्रेन्सेज’ जर्नलमा प्रकाशित एक शोधलाई मान्ने हो भने हाम्रो आवाजको तीव्रता र विपरित लिङ्गप्रतिको आकर्षणसँग गहिरो सम्बन्ध रहन्छ । शोधकर्ताका अनुसार हाम्रो आजावको ध्वनीले विपरित लिङ्गको व्यक्तिमा हामीप्रति सोच निर्धारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
राम्रो नाच्ने पुरुष
जो पुरुष राम्रो नाच्न सक्छन्, उनीहरु महिलालाई धेरै मन पर्छन् । नर्थंब्रिया यूनिभर्सिटीका वैज्ञानिकले गरेको एक शोधमा यो कुराको वास्तविकता पत्ता लागेको हो । यो सोधमा डान्स स्टेपमाथि वैज्ञानिक तरिकाले पहिलोपटक अनुसन्धान गरिएको थियो । जसबाट पत्ता लाग्यो कि पुरुषको नृत्यमा कैयौं यस्तो कुरा हुन्छ, जसले महिलालाई लोभ्याउँछ ।
आत्मविश्वास
महिला मात्रै हैन पुरुषहरु पनि आत्मविश्वासले भरिएका व्यक्तिप्रति आकर्षित हुन्छन् । यो मानिसको एकमात्र यस्तो विशेषता जो जसले कसैको पनि ध्यान खिच्न सक्छ । आत्मविश्वासले तपाईंको सकारात्मक कुरालाई सबैका सामू ल्याउँछ । यसकारण महिला आत्मविश्वासी पुरुषप्रति आकर्षित हुन्छन् ।
आँखाको सुन्दरता
पुरुषको आँखा र मुस्कान महिलालाई धेरै मन पर्छ । अर्को शब्दमा भन्नुपर्दा आँखा आत्माको झ्यालको रुपमा हुन्छन् । जो पुरुष राम्रोसँग आई कन्ट्याक्ट गर्छन् उनीहरूप्रति महिला फिदा हुन्छन् ।