३१ असार २०८३, बुधबार

प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिनभित्र पालिकामा हाजिर हुन सरकारको निर्देशन

प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिनभित्र पालिकामा हाजिर हुन सरकारको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिएका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीलाई समयमै हाजिर हुन निर्देशन दिएको छ।

सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी समयमै कार्यालयमा उपस्थित नहुने गरेको गुनासो बढेपछि संघीय मन्त्रालयले सूचना जारी गर्दै तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।


‘हाल विश्वभर फैलिएको कोभिड-१९ का कारण गर्नुपर्ने व्यवस्थापन लगायतका कार्यहरू सम्पादन गर्न बाधा परिरहेको हुँदा यो सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आआफ्नो सरुवा÷कामकाजका लागि खटिएको स्थानीय तह तथा कार्यालयमा हाजिर हुन जानु हुन र सोको जानकारी यस मन्त्रालयमा गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

खटाइएको स्थानमा नजाने कर्मचारीलाई प्रचलित कानुन बमोजिम विभागीय कारबाही हुने समेत चेतावनी दिइएको छ।

salt training

कमेन्ट गर्नुहोस्