×

NMB BANK
NIC ASIA

पोखरामा महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि, २०० मलामी क्वारेन्टीनमा

भदौ २७, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा मृत्यु भएकी महिलाको दाहसंस्कारपछि कोरोना पुष्टि भएको छ ।

Muktinath Bank

उनको अन्त्येष्टिमा मलामी गएका झण्डै २०० व्यक्ति क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घर भइ हाल पोखरा–५ निवासी ४५ वर्षीया ती महिलाको भदौ २६ गते राति १ः१५ बजे मृत्यु भएको थियो । 


Advertisment
Nabil box
Kumari

रक्त क्यान्सरबाट पीडित ती महिलालाई ३ दिनदेखि अस्पतालको आईसीयूमा राखेर उपचार हुँदै आएकोमा शुक्रवार मृत्यु भएपछि अस्पतालले कोरोना रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाएको थियो ।

Vianet communication

मृतकका आफन्तका अनुसार अस्पतालले कोरोना नभई अन्य कारणले ज्यान गएको भनी दाहसंस्कार गर्न सकिने भनेपछि शव बुझेर शुक्रवार नै पोखराको सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको थियो ।

अन्त्येष्टिमा सहभागी मलामीहरू आफन्तबाहेक पर्यटन व्यवसायी, गण्डकी प्रदेश सांसद, जनप्रतिनिधि, पत्रकार, शुभचिन्तक लगायत झण्डै २०० जनाको संख्यामा उपस्थित थिए ।

गत बिहीवार स्वाब संकलन गरी परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा शनिवार बिहान मात्र रिपोर्ट पोजेटिभ देखिएको हो । जसका कारण ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा मलामी गएका सबैलाई होम क्वारेन्टीन बस्न भनिएको पोखरा महानगर स्वास्थ्य महाशाखाले निर्देशन दिएको छ । 

मृतकका आफन्तले अस्पताल प्रशासनको लापरबाही भएको बताएका छन् । उनीहरूले रिपोर्ट नआउँदै कोरोनाको कारण नभई अन्य कारणले ज्यान गएको भनी आश्वस्त पारेपछि शव बुझेको र रिपोर्ट भने पोजेटिभ आएकाले यसको सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने बताएका छन् ।

फिस्टेल अस्पतालका प्रवक्ता मधु ज्ञवालीले कोरोना पुष्टि भएको भन्ने जानकारी आफूलाई बल्ल भएको जिकिर गर्दै यसबारे छलफल गर्ने बताइन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा शनिवार बिहान स्याङ्जा पुतलीबजार–१ का ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । पछिल्ला २ केससहित कोरोना संक्रमणबाट गण्डकी प्रदेशका २४ जनाले ज्यान गुमाएका छन् । 

गत २४ घण्टामा प्रदेशमा थप ८३ जनामा कोराना संक्रमण देखापरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत् पुष्टि गरेको छ । प्रदेशमा कूल संक्रमितको संख्या २ हजार ९०३ पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x