
नेपाल सरकारले तेजाब आक्रमणविरुद्धको विधेयक अगाडि बढाउने तयारी गरेका बेला बलिउड अभिनेता अमिताभ बच्चनले स्वागत गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि मात्र तेजाव आक्रमणविरुद्धको कडा कानुन बनाउने गरी काम थाल्न निर्देशन दिएका थिए।
सो खबर आएपछि बच्चनले सामाजिक अभियन्ता उज्ज्वल थापालाई ट्विटरमार्फत बधाई दिएका छन्।
उनले लेखेका छन्, ‘उज्जवल थापा! राम्रो काम गर्यौ। पूर्व सेरउडियनका विद्यार्थीसमेत रहेका तिम्रो एसिड पीडितहरूको समस्यालाई उजागर गर्ने मेहेनत साँच्चै सार्थक मोडमा पुगेको छ। तिमीले सेरउड कलेजलाई मात्र होइन, आफ्नो देश नेपाललाई पनि गर्वको अनुभूति गरायौ। हार्दिक बधाई। राम्रो कामलाई निरन्तरता देउ।'
अमितभ पनि सेरउडका कलेजका पूर्वविद्यार्थी हुन्।
T 3659 - - Ujjwal Thapa !! well done ex - Sherwoodian .. your hard work on the issue of acid victims, has paid off .. you have not just made Sherwood College proud, but also your country Nepal ..
— Amitabh Bachchan (@SrBachchan) September 14, 2020
Many congratulations .. keep up the good work ..❤️🙏🙏🙏