२१ असार २०८३, आइतबार

अयोध्यामा भव्य रामलीला आयोजना गरिँदै

भदौ ३१, २०७७
अयोध्यामा भव्य रामलीला आयोजना गरिँदै

अयोध्यामा राम मन्दिरको निर्माण तीव्र गतिमा बढ्दै जाँदा दशहराको अवसर पारेर भव्य रामलीला आयोजना गरिने भएको छ । 

मञ्च निर्माणका लागि रामलीला आयोजकका तीन सदस्यहरू नयाँ दिल्लीबाट मंगलवार अयोध्या पुगेका छन् । 

नौ दिनसम्म चल्ने रामलीला सरयू नदीको किनारमा रहेको लक्ष्मण किल्लामा अर्को महिना अर्थात् अक्टोबर १७ देखि २५ सम्म आयोजित गरिनेछ । त्यसमा बलिउडका कलाकारहरूले विभिन्न भूमिका निर्वाह गर्नेछन् । 

रामानन्द सागरको धारावाहिक रामायणमा हनुमानको भूमिकामा रहेका दारा सिंहका छोरा विन्दु दारा सिंह अयोध्याको रामलीलामा हनुमान बन्नेछन् । 

उत्तरपूर्वी दिल्लीबाट भाजपा सांसद मनोज तिवारीले अंगदको भूमिका निर्वाह गर्नेछन् भने भोजपुरी कलाकार तथा गोरखपुरका सांसद रवि किशनले भरतको भूमिका खेल्नेछन् । 

सोनु सागरले राम र कविता जोशीले सीताको भूमिका निर्वाह गर्नेछन् । बलिउडका महान् कमेडियन असरानी नारद मुनिको भूमिकामा देखिनेछन् । रजा मुराद, शाहबाज खान, अवतार गिल, राजेश पुरी र राकेश बेदी पनि रामलीलामा सहभागी हुनेछन् । 
 

त्यतिखेरसम्म कोभिड–१९ महामारी मत्थर भएछ भने दर्शकहरूलाई रामलीला हेर्न बोलाइनेछ । नत्र हप्ताभरि चल्ने रामलीलालाई फेसबूक, यूट्युब र इन्स्टाग्राममा लाइभ गरिनेछ । दूरदर्शन तथा मनोरञ्जन च्यानलहरूमा पनि यसको प्रत्यक्ष प्रसारण गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्