३१ असार २०८३, बुधबार

वाग्मती सरकारले धुर्मुस-सुन्तली फाउन्डेशनलाई तीन करोड दिने

भदौ ३१, २०७७
वाग्मती सरकारले धुर्मुस-सुन्तली फाउन्डेशनलाई तीन करोड दिने
फाइल फोटो

वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेशनलाई तीन करोड दिने निर्णय गरेको छ। प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७÷०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो।

कोभिड –१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम  गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए।

बैठकले  प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली र प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको  आर्थिक मामिला तथा योजनामन्त्री  ढुङ्गेलले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्