×

NMB BANK
NIC ASIA

लेकसाइडस्थित गौरीघाट क्षेत्र अझै सुनसान छ । अधिकांश होटलको मूलद्वारमै ताला पड्काइएको छ । ६ महिनादेखि यहाँ पाहुना आएका छैनन् ।

Muktinath Bank

सरकारले असोज १ गतेदेखि होटल तथा रेस्टुरेन्ट खोलेर सेवा दिन सकिने जनाए पनि होटल व्यवसायी सञ्चालनको तयारीमा छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म त अहिले होटल खोल्दिनँ यस्तो कोरोना लागेको बेला । जहिलेसम्म नियन्त्रण हुँदैन, तबसम्म खोल्दिनँ । जति घाटा लागे लागोस्,’ गौरीघाटस्थित होटल पिस जोनकी सञ्चालिका उर्मिला थापाले भनिन्, ‘५–७ जना स्टाफ थिए, चैतदेखि नै घर गएका छन् । पाहुना आउने सम्भावना नभएपछि अहिले यस्तो बेलामा खोलेर के गर्नु ?’ 


Advertisment
Nabil box
Kumari

विगत १० वर्षअघि खोलिएको होटल उर्मिलाले खरिद गरी चलाउन थालेको १ वर्ष पुगेको छ । यहीबीचमा कोरोना महामारीले होटल बन्द गर्नुपर्‍यो । कहिलेसम्म सहज अवस्था आउला भन्ने अनुमान नभएपछि उनले अझै घाटा खाने मनस्थितिमा रहेको बताइन् । 

Vianet communication

बैदामस्थित होटल माउन्ट कैलाश भने पाहुना आए राख्ने तयारीमा छ । यसअघि साउनको १५ गतेदेखि केही हप्ताका लागि रेस्टुरेन्ट सेवा समेत दिएको माउन्ट कैलाशले सरकारले होटल पनि खोल्न सकिने भनेपछि आवश्यक तयारी थालेको जनाएको हो ।

होटल सञ्चालक नरेश भट्टराईले भने, ‘पहिलो दिन असोज १ गतेका लागि काठमाडौंका २ जना गेस्टबाट बुकिङ भइसकेको छ । अब थप पाहुना आए राख्दै जाने र सेवा दिने हो ।’ कोरोना महामारीको बीचमा पनि रेस्टुरेन्ट तथा होटल सेवा दिनका लागि भट्टराईले करीब २० प्रतिशत कर्मचारी बोलाइसकेको लोकान्तरलाई जानकारी दिए ।

यी २ होटल सञ्चालकको धारणा फरक–फरक पाइए पनि पोखरामा अधिकांश होटल तथा रेस्टुरेन्ट सञ्चालक अहिले नै सेवा दिने तयारीमा छैनन् । कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेको, पाहुना पनि आउने सम्भावना कम रहेको र कर्मचारी पनि कतिपय घर गएकाले खोल्न हतारिएका छैनन् । 

होटल ल्याण्डमार्कका सञ्चालक राजु पाण्डेले गएको साउनमा झैं आंशिक रूपमा कर्मचारी राखेर होटल तथा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने बताए । पूर्णरूपमा सेवा दिने अवस्था नरहेको उनको भनाइ छ । उनको हङ्ग्री आई रेस्टुरेन्टको लागि आवश्यक कूक, वेटरसहित होटलमा क्लीनर, हाउस किपिङ, सेक्युरिटी गरी मात्र २५ जना कर्मचारीलाई आमन्त्रण गरिएको छ । होटल तथा रेस्टुरेन्ट गरी विगतमा १०४ जना कर्मचारी कार्यरत थिए । अहिले पूर्ण रूपमा सेवा दिन कठिन रहेकाले आंशिक मात्र कर्मचारी बोलाइएको सञ्चालक पाण्डेले बताए ।

होटल सञ्चालकको संस्था पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले विगतमा आन्तरिक उडान तथा सार्वजनिक यातायात समेत सञ्चालन नहुँदै करीब २० प्रतिशत होटल खुलेकोमा पुनः महामारी बढेपछि बन्द भएको बताए । उनका अनुसार अहिले सार्वजनिक यातायात र आन्तरिक हवाइ खोल्ने सरकारको निर्णयसँगै कोरोना संक्रमण जोखिमको अवस्था, पाहुनाको आगमन दर, सेवा दिनसक्ने अवस्था हेरीकन मात्र होटल सञ्चालन हुन सक्ने छन् ।

‘अधिकांश होटल व्यवसायीहरू अहिले नै खोलेर सेवा दिने मनस्थितिमा हुनुहुन्न । यो वर्षको सिजन जारी रहे पनि कोरोना महामारीले यत्तिकै खेर जाने देखिन्छ,’ उनले भने ।  

हल्लनचोकस्थित फेयर माउन्टका सञ्चालक समेत रहेका संघ अध्यक्ष तुलाचन आफैं पनि असोज १ गतेदेखि नै होटल खोल्ने पक्षमा नरहेको बताउँछन् । कहिले खोल्ने, कहिले बन्द गर्ने सरकारको पटक–पटकको निर्देशनले आफूहरूलाई पनि अन्योल भएको उनले बताए । आवश्यक तयारीका लागि पनि कम्तीमा १ हप्ता लाग्ने उनले बताए । 

पश्चिमाञ्चल होटल संघमा हाल ४०० होटल दर्तामा छन् । दर्ता भएका होटलसहित साना–ठूला गरी पोखरामा करीब ७०० होटल छन् । रेस्टुरेन्ट एन्ड बारको संख्या करीब १०० छ ।

पर्यटन व्यवसायीका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल १ खर्ब २५ अर्ब रुपैयाँ लगानी छ । संवेदनशील क्षेत्र मानिने पर्यटन क्षेत्र कोरोना भाइरस महामारीका लागि ६ महिनादेखि नराम्ररी प्रभावित बनेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x