मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
दुर्जनले भरिएको समाजमा रत्तिभर पनि नबस्नु, बरु पशुमा विवेक पलाउला, दुर्जनले कसैलाई बाँकी राख्दैन । पाका मानिसहरूले दिने सल्लाह हो यो । यी र यस्ता सल्लाह सबैका लागि हितकारी नै मानिन्छ । यस्ता सल्लाह मानवीय जीवनका लागि उपयुक्त र मार्गदर्शक समेत ठानिन्छन् । तर बिडम्बना नै मान्नुपर्छ, हाम्रो समाज अक्सर त्यस्तै दुर्जनहरूको प्रभाव र नियन्त्रणमा पर्ने गरेको छ र त्यसबाट भाग्ने ठाउँ देखिँदैन । आजकाल दुर्जनहरू समाजका पथप्रदर्शक भएका छन् । मिठो बोल्छन् तर जनतालाई भरमार दुःख दिन्छन् । सज्जनहरू तिनीहरूको शिकार बन्छन् । इमानको लिलाम हुन्छ र दुष्टहरूको साम्राज्य चल्छ । हाम्रो देश यसको अपवाद छैन । यसको श्रृंखला रोकिएको छैन र रोकिने छाँटकाँट पनि छैन । विभिन्न मौसममा थरिथरिका दुर्जनहरू शासनारुढ हुँदै आएका छन् । भावभंगीमा फरक देखिएतापनि तिनको आत्मा एउटै हो । स्वरूप र पहिचान फरक लागे पनि मुलभूत चरित्र एकै हुन् ।
प्रसंग धेरै पुरानो हो, मल्ल कालको हो, ३१६ वर्ष अघिको । वि.सं. १७०६ माघ ३ गते कान्तिपुर राज्यका काजी भीम मल्ल तलेजु भवानीको दर्शन गरी वसन्तपुर दरबार हनुमान ढोका प्रवेश गर्दा नगर्दै काटेर मारिए । उत्तरी छिमेकी तिब्बतसँग आफ्नो राज्यको हितमा गतिलो र उपलब्धिमूलक सम्झौता गरेको खुशीको खबर राजा लक्ष्मी नरसिंह मल्ललाई सुनाउने ब्यग्रता र गौरव बोकेर आफ्नो घर पनि नपसी सोझै दरबार गएका राजाका विश्वासिला काजी अर्का काजी नरदेव मायासिंह लगायतका भारदारहरू चुक्ली र षड्यन्त्रको शिकार हुन पुगे । हनुमानढोका दरबारमा मुला काटे झैँ काटिए । आफ्नो राष्ट्रप्रतिको अटुट निष्ठाका प्रतिमूर्ति, देशभक्त सिपाही भीम मल्लको मल्ल दरबारमै बलि चढ्यो ।
उनै काजी भीम मल्लकी पत्नीले सति जाने बेलामा करुण क्रन्दनका साथ श्राप दिँदै भनिन्- 'देशको भलो चिताउनेहरूको यस्तै हाल होस्, दरबारमा कसैको विवेक नरहोस् । जब राजाले वास्तविकता थाहा पाए, उनको मानसिक सन्तुलन गुम्यो अर्थात् राजा पागल भए । उनलाई छोरा प्रताप मल्लले बन्दी बनाए । यही विक्षिप्त बन्दी अवस्थामा नै राजा लक्ष्मी नरसिंह मल्लको मृत्यु भयो । काजी भीम मल्ललाई षड्यन्त्रकारीहरूको कुरा सुनेर आफूले मार्न लगाएको कुरामा पछि उनलाई ठूलो अपराधबोध भयो । यही अपराधबोधले उनी बहुलाए । उनलाई न्याउरी मारी पछुतो समेत भयो तर भएको अपराध सच्याउन सम्भव थिएन ।
काजी भीम मल्लले कान्तिपुर राज्यको हितमा तिब्बतसँग निकै उपलब्धिपूर्ण सम्झौता गरेर फर्किएका थिए । उनले त्यतिबेला दरबारको सैनिक संगठनको नेतृत्व समेत गरेका थिए । उनकै नेतृत्वमा कुती, केरुङ र खासामा नेपालको नियन्त्रण कायम भएको थियो । सम्झौता अनुसार त्यहाँ नेपालले ३२ वटा व्यापारिक कोठी खोल्न पाउने र तिब्बतमा नेपाली मुद्रा चल्ने भयो । त्यस्तै तिब्बतमा नेपाली वाणिज्य दूततावास खुल्ने र नेपाली साहुले तिब्बतमा छोरा जन्माए नेपाली हुने तथा छोरी जन्माए तिब्बती हुने सम्झौता समेत भयो । यसका अतिरिक्त तिब्बती राजाले काजी भीम मल्लको प्रशंसा गर्दै कान्तिपुरका राजालाई पत्र समेत लेखे र साथमा बहुमुल्य हिरा जवाहरात कोशेली समेत पठाए । यति महत्त्वपूर्ण काम गरेर आएका काजी आफ्नो घर पनि नपसी अर्थात् महिनौंपछि फर्केर आफ्ना परिवारलाई समेत नभेटी दरबार गएर मारिए । उनी घृणास्पद चुक्लीको शिकार भए ।
यो विषय किन उद्धृत गरिएको हो भने यतिबेला सबैतिर कुलमानको चर्चा छ र एउटा सरकारी स्वामित्वको सार्वजनिक संस्थानलाई पुनर्जीवन दिएको श्रेय उनैलाई छ । एउटा गरीब जनजातिको छोराले देशका लागि गरेको उत्कृष्ट योगदानको प्रशंसा छ । देशमा आफूलाई गरीब, जनजाति, दलित र महिलाको मसिहा ठान्ने सरकार छ । तथाकथित क्रान्तिको दुन्दुभी बजाएर राजनीतिक उपलब्धि हासिल गरेको नेकपाका अवतारी नेता प्रधानमन्त्री छन् । महिनौं प्रयास गर्दा समेत एउटा देशभक्त कर्मचारीलाई भेट समेत नदिने अजीवका कार्यकारी प्रमुख छन् । दण्ड र पुरस्कार हराएको देशमा 'स्याबास कुलमान' भनेर धाप मार्नु त कता हो कता ! त्यसैले हिजोआज कुलमानको वाहवाहीले जलेका सरकारी मानिसहरू उनको खेदो खन्न लाग्नुलाई उदेक नमान्दा हुन्छ ।
देशमा दैनिक अठारघण्टा भन्दा ज्यादा लोडसेडिङ हुन्थ्यो । यसले नागरिक जीवनलाई तहस नहस पारेको थियो । उद्योग धन्धा कलकारखानाको अवस्था त्यस्तै थियो । अस्पताल, विद्यालय र सरकारी कार्यालयहरू नराम्ररी प्रभावित थिए । इन्भर्टर व्यवसाय फस्टाएको थियो र यसमा विद्युत् प्राधिकरणका कर्मचारी र कालोबजारी गर्ने व्यापारीको साँठगाँठ थियो । प्राधिकरण निरन्तर घाटामा थियो, एकप्रकारले जीवनहीन अस्थिपन्जर जस्तो । हो, यही प्राधिकरणमा प्राण भरेका थिए कुलमानले ।
पहिलो कुरा त उनमा प्रबल आत्मविश्वास थियो, प्राधिकरणलाई नयाँ जीवन दिने अठोट थियो । यसलाई सार्थक तुल्याउन व्यवस्थापकीय कुशलता चाहिन्थ्यो । ईलेक्ट्रिकल इञ्जिनियरिङमा उच्च शिक्षा हासिल गरेका पिछडिएको जनजाति समुदायका घिसिङमा व्यवसायिक दक्षता र अब्बल व्यवस्थापकीय क्षमता थियो । अर्को कुरा उनले आफ्ना सहकर्मी कर्मचारीहरूको राम्रो साथ पाए । एक प्रकारले उनको नेतृत्वमा सिंगो प्राधिकरणले आफ्नो पुनर्जीवनका लागि दिनरात मेहनत गर्यो र सफलता हासिल गरेरै छाड्यो ।
उनले यस उन्नतिको जस आफूले एक्लै लिन खोजेनन्, बरु जनताले कुलमानलाई एकलौटी श्रेय दिए । कारण उनी सकारात्मक प्रयास र चिन्तनको खडेरी परेको समाजका एक्लो वृहस्पति थिए । सुख्खायाममा रात र दिनभर पानी जम्मा गरेर कालीगण्डकी, चिलिमे, मर्स्याङ्दी लगायतको उत्पादनलाई उच्च राखे । उनीभन्दा अघि यस्तो प्रयास कसैले गरेका थिएनन् । आयोजना मर्मतका कारण विद्युत् उत्पादनमा महिनौं प्रभावित हुने अवस्थामा सुधार गरी मर्मत सम्भारको रोटेसन या अलग–अलग समय निर्धारण गरी विगतको परम्परा तोडे । पुराना सबस्टेसन मर्मत गरी नयाँ सबस्टेसन निर्माण गरे । पुराना ट्रान्सफर्मर मर्मत र नयाँ जडान गरे । भारवहन केन्द्रमा रातिसम्म आफैं बसेर माग अनुसारको विद्युत् आपुर्ति गरे । विद्युत् चुहावट नियन्त्रण गरे । ट्रान्समिसन लाइन र वितरण लाइनमा सुधार गरे ।
दिनरात खट्ने कर्मचारीलाई तिनगुणा बढी भत्ताको व्यवस्था गरि भ्रष्ट कर्मचारीलाई कारवाही समेत गरे । कुलेखानी लगायतका आयोजनालाई पूर्ण क्षमतामा लैजान कोशिश गरे । प्राधिकरणको साबिकको विद्युत् भण्डारमा ५०० मेगावाटभन्दा बढी विद्युत् थपियो, यो सामान्य प्रगति थिएन । यसमा भारतबाट आयात गरिएको विद्युत्को समेत योगदान छ । प्राधिकरणभित्रको अव्यवस्थालाई अन्त्य गरी ठूलो घाटामा रहेको संस्थानलाई नाफामा पुर्याए । के कसैले चार वर्षभित्र यति ठूलो उपलब्धि होला भन्ने कल्पना गरेको थियो? निश्चित रूपमा यी उपलब्धिहरूको स्वयं कुलमान बाहेक कसैलाई अनुमानसम्म थिएन । यति भएपछि लोडसेडिङले आक्रान्त भएका जनताले कुलमानको प्रशस्ती नगाएर के गरुन् त !या अरू कस्को गाऊन् त !
एउटा राष्ट्र सेवक कर्मचारीप्रति सरकार सकारात्मक नहुनु ठूलो विडम्बना हो । राम्रो काम गर्न कसले रोकेको छ सरकारलाई ? अवरोध खडा गर्ने ठाउँमा बसेको प्रतिपक्षी दल समेत रमिते भएपछि निर्वाधरूपमा काम गरे भैहाल्थ्यो नि । तर दुर्भाग्य ! हाम्रो सरकार आफू केही गर्न नसक्ने र राम्रो काम गर्ने हरूलाई निरुत्साहित गर्न दिनरात तल्लिन देखिन्छ । यो हदैसम्मको संकीर्ण मानसिकता हो । विकास गीत गाएर या फलाकेर हुने होइन । हाम्रा प्रधानमन्त्री त त्यस्ता बिजुवा भएका छन्, जसलाई देवीदेउता भाकेर फलाक्न राम्रो आउँछ तर ओखतीमुलोको पटक्कै ज्ञान छैन ।
मानिसहरू भन्छन्, नेपाल सतीले सरापेको देश हो अर्थात् सतीद्वारा श्रापित देश हो । यहाँ भलो गर्नेको गुञ्जायस छैन । समाजमा भलो गर्नेहरू निकै उपेक्षित छन् । राज्यको उनीहरूप्रति बक्रदृष्टि छ । इमान्दार व्यक्तिहरू हरेक क्षेत्रमा प्रताडित छन् । राजनीतिक दलभित्रका सज्जनहरूमाथि दुर्जनहरूको चरम शोषण छ । यसको स्वरूप कहालीलाग्दो छ । चर्चा गर्नै सकिदैन, अनिर्वचनीय छ ।
आफू र आफ्नो घेराभित्रको सुरक्षा र उन्नतिका लागि दलका मठाधिसहरू चिन्तित र सक्रिय छन् । अनि कसरी हुन्छन् भीम मल्लहरू पुरस्कृत ! कसरी पाउँछन् कुलमानहरूले स्याब्बासी ! गोविन्द केसीको आवाज कसले सुन्छ ? यिनीहरू माथि त राज्य खनिन्छ र तगाराहरू तेर्स्याएर निरुत्साहित गर्छ । सुरक्षाकर्मी लगाएर गोविन्द केसीको अपमान गर्छ । देशका प्रधानमन्त्री आकाशका तारा गनेर नेपालको भविष्यवाणी गर्छन् ।
अब नेपाली समाजको नुतन चेतनाले नयाँ उडान भर्नुपर्छ, अनि मात्र बहुलाउन बाध्य हुन्छन् नाङ्गा सम्राटहरू । आफ्नो जन्मभूमिका लागि अतुलनीय योगदान पुर्याएका सपुतहरूको अपमान गर्ने कृतघ्नहरूको देश हो नेपाल । बन्दी जीवनमा मारिएका, जीवनभर नागरिक अधिकारका लागि संघर्ष र त्याग गरेका, नेपाललाई वास्तविक नेपाल बनाएका, नेपालीहरूको नारकीय र पशुवत् जीवनलाई बदलेका र नेपाललाई विश्व मानचित्रमा चिनाएका विभूतिहरू तिरस्कृत भएको देश हो । जाली, ठग र षड्यन्त्रकारीहरूको बोलाबाला भएको चरम अवसरवादीहरूले भरिपूर्ण राष्ट्र हो । यस्तो देशमा कुलमान एउटा विम्ब मात्र हुन् ।
इमान्दारिताको पक्षमा चुइँक्क बोल्न नसक्ने तथाकथित क्रान्तिकारी वर्षमानहरू ओली सत्ताको न्यानो रापमा मग्न भएर नयाँ कुलमानहरूको बलि चढाउन अभिशप्त छन् । तर उनीहरूले बुझ्नु पर्छ, आफ्नो अपराधबोधले राजा लक्ष्मीनरसिंह मल्ल बहुलाएर मरेको देश हो नेपाल । नेपाली समाजमा अपूर्व जीवनदायिनी शक्ति छ । खरानीले छोपिएका आगाका फिलुङ्गाहरू छन् । सानो हुरी मात्र काफी छ, खरानी उडाउन । त्यसपछिको भयावहतालाई आँक्न सकिरहेका छैनन् वर्तमान राजाहरूले । लोकतन्त्रको दिगो जग हाल्न नदिने यस्तै प्रवृत्तिका कारण आजसम्म नेपाली जनताले दुःख पाएका हुन्, जसको चक्रवर्ती ब्याज सहित हिसाब असुल्ने दिन आउँदैछ । त्यतिबेला कुलमानहरूको अभिषेक र लक्ष्मीनरसिंह मल्लहरूको अन्त्येष्टि एकैसाथ हुनेछ ।
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...