×

NMB BANK
NIC ASIA

कुलमान घिसिङ बिदा भएपछि ‘मुसाको कब्जा’मा विद्युत् प्राधिकरण

प्राधिकरण भन्छ– ‘बाख्रा हराउनु र बाघ कराउनु एकैपटक’

असोज १३, २०७७

NTC
Premier Steels

आइतवार काठमाडौंका एक दर्जनभन्दा बढी स्थानमा एकैपटक बत्ती गयो ।

Muktinath Bank

नारायणहिटी संग्रहालय, बागबजार, लाजिम्पाट, महाराजगञ्ज, पानीपोखरी, बबरमहल ठमेल लगायतका स्थानमा बिनाजानकारी बत्ती गएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी बत्ती गएसँगै आम उपभोक्ताले प्रश्न गरे, पूर्व सूचनाबिनाकिन बत्ती काटेको ? 


Advertisment
Nabil box
Kumari

उपत्यकाकै व्यस्त स्थानमा यसरी पूर्वसूचना बिनानै बिजुली गएपछि हाहाकार मच्चियो ।

Vianet communication

केही समयपछि विद्युत् प्राधिकरणले स्पष्टीकरण दियो, ‘लैनचौर  सब–स्टेसनको प्यानलबोर्डमा मुसा पसेपछि विद्युत् काटिएको हो ।’

नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकबाट भदौ २९ गते कुलमान घिसिङ बिदा भए, त्यसकै केही दिनपछि विभिन्न कारण देखाउँदै विद्युत् प्राधिकरणले विद्युत् कटौती गर्दै आइरहेको छ । 

कहिले ललितपुर त कहिले बानेश्वर, कहिले सिंहदरबार त कहिले लैनचौर वा सामाखुशी, विद्युत् प्राधिकरणले अहिले अधिकांश स्थानमा बत्ती काट्ने गरेको छ ।

कतिपय अवस्थामा पूर्वसूचना दिइएको हुन्छ भने अधिकांश अवस्थामा सूचनाबिनानै । 

कुलमान नियुक्ति भएको केही समयदेखि अर्थात् (सो वर्षको कात्तिकदेखि) नै लोडसेडिङ भुलेका आम उपभोक्ता उनको बहिर्गमनसँगै पुनः लोडशेडिङ हुने चिन्ता र त्रासमा छन् । 

पछिल्लो समय घोषित तथा अघोषित रूपमा बत्ती जानु पनि त्यसको मूल कारण भएको आश‌ंका उपभोक्तामा पाइन्छ ।

ह्वात्तै बढ्यो इन्भर्टर र जेनेरेटरको माग !

कुलमानको बहिर्गमनसँगै मुलुकमा लोडशेडिङबारे पुनः कुराकानी हुन थालेको छ, जसका कारण अहिले बजारमा इन्भर्टर तथा जेनेरेटर वा अन्य वैकल्पिक ऊर्जाको माग बढ्न थालेको छ । 

भन्सार विभागको तथ्यांकअनुसार भाद्र महिनामा जेनेरेटर तथा त्यससँग सम्बन्धित सामाग्री मात्रै साउन महिनाको तुलनामा १८ करोड २७ लाख ६२ हजार रुपैयाँ बढीको आयात भएको छ । साउन महिनामा यस्तो वस्तुको आयात करीब २९ करोड ५३ लाख ७१ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।

भदौमा यो मूल्य बढ्न गई ४७ करोड, ८१ लाख ३३ हजार रुपैयाँ पुगेको तथ्यांकमा देखिन्छ । 

इन्भर्टर तथा जेनेरेटर व्यवसायीहरू पनि पछिल्ला दिनमा यस्तो सामानको खरिदबिक्री बढी भइरहेको बताउँछन् । 

ललितपुर ऊर्जा विकास प्रालिका सञ्चालक राजन न्यौपाने पछिल्ला दिनहरूमा इन्भर्टर तथा जेनेरेटरको माग केही बढ्न थालेको बताउँछन् । 

बत्तीहरू धेरै काटिन थालेपछि अनलाइन कक्षा वा अन्य कामहरू समेत प्रभावित हुन थाल्दा उपभोक्ताले विकल्प खोज्न थालेको उनको अनुमान छ ।

लोकान्तरसँग उनले भने, ‘पछिल्ला दिनहरूमा बिजुली बत्तीमा समस्या बढ्दै जाँदा इन्भर्टर तथा जेनेरेटरको माग बढेको छ । उपभोक्ताहरूले विगतमा जस्तै अहिले फेरि विकल्प खोज्न थालेको अनुभूति भयो ।’

'माउ' नहुँदा अस्तव्यस्त प्राधिकरण !

नेपाल विद्युत् प्राधिकरण अहिले निमित्त कार्यकारी प्रमुखको भरमा रहेको छ । धेरैजसो अख्तियारी निमित्त कार्यकारीमा हुने भएपनि माउ नहुँदाको परिणाम भने देखिएको इञ्जिनीयर अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्राध्यापक डाक्टर हरि पण्डित बताउँछन् । लोकान्तरसँग उनले भने, ‘माउ हुनु र नहुनुमा धेरै फरक पर्ने रहेछ, प्राधिकरणमा अहिले कमाण्डर छैनन्, विद्युत जाने समस्यामा कतै न कतै यसको भूमिका छ ।’

थप स्पष्ट पार्दै उनले नेतृत्व नै छैन, अब को आउने होला भनेजस्तो मनस्थिति कर्मचारीमा परेको भन्दै अहिले बत्ती गइरहनुको कारण यो पनि एक हुन सक्ने औंल्याए । 

उनले प्राविधिक त्रुटिहरू केही मात्रामा भए पनि कतिपय अवस्थामा भने कर्मचारीको बेवास्ताका कारण हुन जाने उल्लेख गरे । ‘एकतिर आइसकेको समस्या समाधानपछि अर्कोतिर त्यस्तो समस्या दोहोरिन नदिन काम गर्नुपथ्र्यो, कर्मचारीहरू त्यसमा चुकेको देखियो’, उनले भने ।

कुलमान प्राधिकरणमा रहेको समयमा बत्ती जाने समस्या न्यून मात्रामा भएका कारण उपभोक्ताले उनलाई सम्मान गरेको र अहिले बत्ती गइहाल्दा कतै उनी नभएर पो हो कि भन्ने शंका हुनु स्वाभाविक भएको उनको भनाइ छ ।

कर्मचारीको लापरवाही नै मुसा पस्नुको कारण !

नेपाल विद्युत् प्राधिकरणमा लामो समय काम गरेका पूर्व कर्मचारी कर्मचारीहरूको लापरवाहीका कारण सबस्टेशनको प्यानल बोर्डमा मुसा पसेको दाबी गर्छन् ।

नाम उल्लेख नगर्ने शर्तमा उनले लोकान्तरसँग भने, ‘कर्मचारीहरू खाना/खाजा अफिसभित्रै खान्छन्, सफा गर्दैनन्, जसका कारण मुसाले त्यहाँ जाने मौका पायो ।’

उनले लामो समय वर्षा हुँदा लाइनमा अवरोध हुने पुरानै प्रक्रिया भए पनि कतिपय कुरा भने कर्मचारीको मनोवृत्तिमा भर पर्ने बताए । आफूले काम गर्दा पनि सबस्टेसनमा कर्मचारीहरूको समन्वय अभाव हुने गरेको र काम केही ढिला हुने स्मरण गर्दै उनले मुसा धपाउन कर्मचारीकै महत्त्वपूर्ण भूमिका हुने बताए । 

उनले भने, ‘बाहिर लाइन भएतापनि त्यसलाई कन्ट्रोल गर्न सबस्टेसनभित्र प्यानल बोर्ड हुन्छ । लाइन जोड्ने काट्ने सबै काम त्यहाँबाट गरिन्छ । बाहिर केबल निकाल्न कतै प्वाल बनेर निकाल्न पर्ने हुन्छ, त्यहीँबाट मुसा पसेर तार काट्ने हुन्छ, जसले बत्ती बन्द हुन जान्छ ।’

कुलमान मेनिया !

ऊर्जा क्षेत्रका विज्ञ पत्रकार विकास थापाले कुलमानको बहिर्गमनपछि आमउपभोक्तामा कुलमानमेनिया भएको टिप्पणी गरे ।

उनलाई चाहने उपभोक्ताहरू अहिले बत्ती जाँदा पुनः लोडशेडिङ हुने त्रासमा बसेको भन्दै विद्युत् प्राधिकरणमा नेतृत्व नआउँदासम्म यस्तै भइरहन सक्ने औंल्याए । 

कुलमान नहुँदा प्राधिकरणका कर्मचारीमा समन्वय नहुने वा तदारुकताका साथ काम नहुने समस्या भने आउन सक्ने उनले बताए । उनले भने, ‘जति तदारुकता पहिला अपनाइन्थ्यो, त्यति नअपनाइएको चाहिँ हुनसक्छ । आधा घण्टामा हुने काम १ घण्टामा हुन सक्छ ।’

प्राधिकरण भन्छ- 'बाख्रा हराउनु र बाघ कराउनु एकैपटक भयो'

नेपाल विद्युत् प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्याल कुलमानको बहिर्गमनसँगै विद्युत् प्रवाहमा समस्या आउनु पुरानो लोकोक्ति ‘बाख्रा हराउनु र बाघ कराउनु एकैपटक भएको’ जस्तै भएको बताउँछिन् । 

लोकान्तरसँग उनले भनिन्, ‘उहाँ भदौ अन्तिममा जानुभयो । वर्षा त्यतिबेला देखि नै शुरू भयो, त्यसकारण ‘बाख्रा हराउनु र बाघ कराउनु एकैपटक' जस्तै भयो ।’

मौसमका कारण नै प्राधिकरणले बत्ती काट्नुपरेको दाबी गर्दै उनले भनिन्, ‘हामीमा अरू कुनै समस्या छैन । कुलमान सर हुँदा पनि कुनै बेला बत्ती जान्थ्यो, प्रविधिमा समस्या आउँदा बत्ती गएको हो ।’

उनले थपिन्, ‘प्रायः हामीले पूर्व सूचना दिएर नै बत्ती काट्छौं, तर हिजो सूचना दिन ढिला भयो, अकस्मात् बत्ती गयो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x