०३ साउन २०८३, आइतबार

प्रदेश राजधानी विवाद : प्रदेश सभाले गठन गरेको समितिका सभापति श्रेष्ठले दिए राजीनामा

असोज १९, २०७७
प्रदेश राजधानी विवाद : प्रदेश सभाले गठन गरेको समितिका सभापति श्रेष्ठले दिए राजीनामा

रुपन्देहीको बुटवललाई प्रदेशको राजधानी कायम गर्नुपर्ने अडान राख्दै प्रदेश ५ को प्रदेश सभाले गठन गरेको विधान संशोधन मस्यौदा समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजीनामा गरेका छन् ।

प्रदेशको राजधानी दाङ लैजाने निर्णय प्रदेशका बहुसंख्यक जनताको भावनाविपरित भएको भन्दै उनले राजीनामा गरेका हुन ।

राजधानी सार्ने प्रस्तावविरुद्ध सांसदहरुको हस्ताक्षर अभियान शुरु गरेका श्रेष्ठले सोमवार समितिको सभापतिबाट राजीनामा गरेका हुन् । श्रेष्ठ रुपन्देही २ को (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रदेश सभाको नियमावली संशोधनका लागि भन्दै गत असोज १० गते श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको थियो ।

प्रदेशको राजधानी दाङ कायम गर्ने सरकारको प्रस्तावमाथि सोमवार प्रदेश सभा बैठकमा छलफल हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्