०३ साउन २०८३, आइतबार

जङ्गली च्याउ आएर बिरामी भएका एक जनाको मृत्यु

साउन ३, २०८३
दाङ
जङ्गली च्याउ आएर बिरामी भएका एक जनाको मृत्यु

तुलसीपुरमा जङ्गली च्याउ आएर बिरामी भएका एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको आज मृत्यु भएको हो ।

गत असार ३१ गते जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका सात जना बिरामी परेका थिए । च्याउ खाएर बिरामी परेकामध्ये दुई जनालाई घरयासी उपचार गरिएको थियो । अन्य पाँच जनालाई अस्पताल लगिएको थियो । बिरामी परेकी दीपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घोराही लगिएको थियो । घोराहीमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जङ्गली च्याउ खाएर बिरामी परेका तुलसीपुर–३ बल्लेकी ७५ वर्षीया दशरथी पुन, उहाँका ३८ वर्षीय छोरा डम्बरबहादुर पुन, ३६ वर्षीय तिलक पुन, पाँच वर्षीय विपीन पुन, १२ वर्षीय विवेक पुन र सुमन बुढाथोकी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्