०९ साउन २०८३, शनिबार
एमाले महासचिव पोखरेल

'रास्वपा असफल भएपछि जनमत पुरानै ठाउँमा फर्किने ग्यारेन्टी छैन, अर्को पपुलिज्मले ठाउँ लिन खोज्छ'

साउन ३, २०८३
काठमाडौं
'रास्वपा असफल भएपछि जनमत पुरानै ठाउँमा फर्किने ग्यारेन्टी छैन, अर्को पपुलिज्मले ठाउँ लिन खोज्छ'
फाइल फोटो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्वाभाविक ढंगले उदाएको रास्वपाको अवसानको जोखिम पनि उत्तिकै रहेको बताएका छन् ।

लामो समयसम्म जनताका अपेक्षा पूरा गरेर रास्वपा स्थिर नबने उनको दाबी छ । आइतबार पार्टी कार्यालयमा सांसद प्रशिक्षण कार्यक्रममा पोखरेलले रास्वपा असफल हुँदैमा पुरानै दलतर्फ जनमत फर्किने ग्यारेन्टी भने नभएको बताए ।

'जुन शक्ति (रास्वपा) अहिले राज्यको नेतृत्वमा छ, पपुलिज्म, एनार्किजम र अपर्च्युनिजमको कम्बिनेसनको रूपमा निर्माण भएको शक्ति, लामो समयसम्म जनताका अपेक्षा पूरा गरेर स्थिर भएर बस्न सक्ने प्रकृतिको शक्ति होइन,' पोखरेलले भने, 'जति छिटो यसको विकास भएको छ, त्यति छिटो यसको अवसानको जोखिम पनि छँदैछ,' उनले भने ।​

पपुलिस्टहरू असफल भएपछि त्यो जनमत मूलधारको राजनीतितर्फ फर्काउने चुनौती रहेको पोखरेलले बताए । 'उनीहरूको असफलतामा हामी सफल हुन्छौं भनेर ढुक्क भएर बस्यौं भने, एउटा पपुलिज्मको ठाउँमा अर्को पपुलिजमले ठाउँ लिन खोज्छ । आजको पपुलिस्ट शक्ति असफल भइसकेपछि मूलधारको राजनीतितर्फ जनमत फर्किन्छ भन्ने ग्यारेन्टी नहुन सक्छ ।'

salt training

कमेन्ट गर्नुहोस्